site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
‘अय्यारी’ का निर्मातालाई झड्का, अनलाइन ‘लीक’ भयो फिल्म !
Sarbottam CementSarbottam Cement

एबीपी न्युज । बलिउडका नाम चलेका निर्देशक नीरज पांडेको हालै प्रदर्शनमा आएको फिल्म ‘अय्यारी’ इन्टरनेटमा लीक भएको छ । फिल्म इन्टरनेटमा लीक भएपछि फिल्मको पूरै टीम तनावमा परेको छ । यो निर्देशक नीरज पांडे सहित फिल्मका सबै कलाकारहरुका लागि ठूलो झड्का हो । 

एक सरकारी बसमा ‘अय्यारी’ फिल्मलाई बसमा सवार यात्रीलाई देखाइएको बताइएको छ । इन्टरनेटमा फिल्म लीक भए पछि निर्देशक नीरज पांडेले जनता सहित सरकारसँग ‘नो टू पायरेसी’ का लागि आग्रह गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नीरज पांडेले आपत्ति जनाउँदै ट्वीटमा भनेका छन्, “दुःखको कुरो हो, यति जागरूकताका बावजूद पनि सरकारी बसमा पायरेटेड भर्जन देखाईदै छ । यो कार्यप्रति कडा कदम उठाउने आग्रह गर्न चाहन्छु र सिधा शब्दमा नो टू पायरेसी ।’’ 

फिल्म गत शुक्रवारबाट सिनेमाघरहरुमा प्रदर्शन भइरहेको छ । फिल्मलाई दर्शकहरुले खासै रुचाएका छैनन् । समीक्षकहरुले पनि फिल्मलाई सामान्य भनेका छन् । यो फिल्मले प्रदर्शनको शुरूआती तीन दिनमा ११.७० करोड रुपैयाँ कमाएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC