राजनीति
काठमाडौं । सरकारले राष्ट्रिय सभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले जानकारी दिइन् ।
उनका अनुसार बैठकले राष्ट्रियसभाका लागि युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सिफारिस गरेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय यसअघि नै भएको थियो ।
मन्त्रिपरिषद्को अघिल्लो बैठकले कांग्रेस नेतृत्वको सरकारले सिफारिस गरेका नाम फिर्ता लिएको थियो । देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि गोपाल बस्नेत, चाँदनी जोशी र कृष्ण पौडेललाई सिफारिस गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४ ०९:३९
प्रतिक्रिया दिनुहोस्