site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कर्मचारीले खटाइएको ठाउँमा जान अटेर गरेका  कारण प्रदेश सरकारले काम थाल्नै नसकेको गुनासा सार्वजनिक हुनथालेका छन् । अहिलेसम्म त जनप्रतिनिधिहरू स्वागत सत्कारमै अलमलिएका छन् तर कर्मचारीको व्यवस्था नभए छिटै नै प्रदेश सरकारहरू ’सेता हात्ती’ हुन पुग्नेछन् । कर्मचारी समायोजनका लागि पर्याप्त गृहकार्य हुनसकेको छैन । चुनावभन्दा पहिले नै प्रदेश सरकारको संरचना तयार गर्नुपथ्र्यो । तर, कर्मचारीको स्वार्थका लागि विभिन्न बहानामा आलटाल हुँदै गयो । अन्ततः कर्मचारीहरू खटिएको ठाउँमा नगएकै कारण प्रदेश सरकारहरूको सञ्चालन अन्योलमा पर्न पुग्यो । स्थानीय तहमा समेत खटाइएका सबै कर्मचारी गएका छैनन् । समायोजनका नाममा कर्मचारीहरूले मोटो रकमसहित स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था पनि गरिएको छ । विडम्बना, राज्यबाट सबैभन्दा बढी सेवा र सुविधा पाउने कर्मचारीहरूले भने तैपनि सहयोग गरेनन् ।

नेपालमा राजनीतिक परिवर्तन त धेरै र छिटै भएका छन् तर तिनले प्रायः भुइफुट्टा वर्गको स्वार्थमात्र पूरा गरेका छन् । यस्ता परिवर्तन जनताका बलमा भएका हुन् राज्य जनताका लागि हो भन्ने कर्मचारीले नमानेका अनि राजनीतिक नेतृत्वले नबुझेको कारण अहिलेसम्मका राजनीतिक परिवर्तन जनताका लागि अर्थहीन भएका हुन् । नेपालको संविधान, २०७२ ले मुलुकमा संघीय शासन हुने सुनिश्चित गरेको छ । त्यसमा पनि जनताका प्रत्यक्ष सरोकारका आधारभूत सेवा र सुविधा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहलाई नै दिइएको छ । राज्यका सेवा सुविधामा जनताका पहुँच सुनिश्चित गर्ने दायित्व स्थानीय सरकारको हुन्छ । मूलतः स्थानीय तहलाई सहयोग र सहजीकरण गर्ने दायित्व प्रदेश सरकारको हो । निर्वाचन भएको वर्ष दिन पुग्ने बेलासम्म पनि कतिपय स्थानीय सरकारहरू राम्ररी सञ्चालन हुनसकेका छैनन् । तर, कर्मचारीहरूकै कारण प्रदेश सरकारहरू नै अलपत्र पर्ने लक्षण देखिएको छ । अर्थात्, आरम्भमै संघीयताको नकारात्मक सन्देश जाने जोखिम बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संघीयता आर्थिक र राजनीतिक कारणले नेपालका लागि उपयुक्त हुँदैन भन्ने ठान्नेहरूको संख्या सानो छैन । अझ अनुदार एकात्मक प्रणालीका पक्षधरहरू त संघीयताका कारण मुलुकको विखण्डन हुने डर देखाएर जनताको भयदोहन गर्न उद्यत देखिन्छन् । कर्मचारीहरूको सहयोग भएन भने प्रदेश र स्थानीय सरकारहरूले कार्यसम्पादन गर्न सक्तैनन् । कर्मचारी समायोजनका नाममा एकातिर राज्यको ढुकुटी सिध्याइने र अर्कातिर कर्मचारीको अभावले स्थानीय र प्रदेश सरकार सञ्चालन हुननसक्ने अवस्थाको व्यवस्थापनलाई गर्न नसक्ने हो भने संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुनसक्छ । यसैले नयाँ सरकारले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी तत्काल पठाउने कार्यलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । 

राजनीतिक नेतृत्वको संरक्षणमा कर्मचारीवर्गमा हुर्केको अराजकता र अनुशासनहीनताको अन्त्य गर्न नसके सरकार कर्मचारीतन्त्रको बन्धक बन्न पुग्नेछ । राज्यलाई विफल हुन नदिन पनि कुनै घुर्की, धम्की र ’ब्ल्याकमेलिङ’ बाट विचलित नभईकन सरकारले कर्मचारीमा अनुशासन कायम राख्न दृढता देखाउन सक्नुपर्छ । साथै, नागरिक समाज र विपक्षले पनि कर्मचारीलाई तह लगाउन सरकारलाई पूर्ण सहयोग गर्नुको विकल्प छैन । तर, सबैभन्दा उत्तम विकल्प भने आफूलाई राष्ट्रसेवक भन्ने कर्मचारीहरूले खटाएको ठाउँमा खुरुक्क गएर निजामती सेवाको साख कायम राख्नु नै हो । खटाएको ठाउँमा जान आलटाल गर्ने कर्मचारीलाई संगठनहरूले संरक्षण गर्ने हो भने तिनका विरुद्ध कदम उठाउन पनि सरकार हिचकिचाउनु हुदैन ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC