site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विश्वकप छनोटमा पुगेको क्रिकेट टिमलाई सरकारले जनही ३ लाख दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोट क्रिकेटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।
नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको नेपाली टोलीलाई सरकारले जनही ३ लाख नगदले सम्मान गर्ने भएको हो । डिभिजन टु को फाइनलमा नेपाल युएईसँग ७ रनले पराजित भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई जनही ३  लाख दिने घोषणा गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सोही कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाडी र प्रशिक्षकलाई एक–एक लाख दिने घोषणा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको लागि हुने छनोट मार्च १ बाट १५ सम्म चल्नेछ । छनोटमा नेपाल समूह  बीमा रहेको छ । छनोटको समूह बी मा आयोजक जिम्बाबेसँगै नेपाल, अफगानिस्तान,  स्कटल्याण्ड र हङकङ रहेका छन् । नेपालले पहिलो खेलमा मार्च ४ मा जिम्बाबेसँग खेल्नेछ ।

छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्  । यस्तै शिर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC