site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाँचवर्षमा बहुमतसहितको पहिलो पार्टी बनाउने उद्देश्यसहित कांग्रेस पुनर्जागरण अभियान सुरू
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर ‘नेपाली कांग्रेस पुनर्जागरण अभियान’ सुरु गरेका छन् ।

अभियानले तत्काल महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभरी सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने र सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउने बताइएको छ । 

गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल लगायतका नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीलाई पुनर्जागरण अभियान सुरु गरेका हुन् ।

Agni Group

अभियानले कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउने, पार्टीले नेतृत्व पर्नै पर्ने सामाजिक आन्दोलनका मुद्दाहरुलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पूर्नजागृत गरेर सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पु¥याउने संक्षिप्त अवधारण पत्रमा उल्लेख छ । 

अभियानले संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको सैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पूर्नब्याख्या पनि गर्ने बताएको छ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिँदो आर्थिक, सामाजिक परिवेश अनुसार संगठनको पूर्नसंरचना गरेर कांग्रेसलाई पूर्ण लोकतान्त्रिक, समावेशी गतिशिल र अनुशासित पार्टी बनाउन संगठनको खाका कोर्ने पनि अवधारण पत्रमा भनिएको छ । 

Global Ime bank

त्यसैगरी अभियानले गतिशिलता, असल आचरण र समर्पण भएको स्वप्नशिल नेतृत्व, पार्टीभित्र सवै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने २१ औं शताव्दि अनुकुलको आधुनिक पार्टी निर्माण गर्न पार्टीभित्र र बाहिर जनमत तयार गर्ने पनि दावी गरिएको छ । 

नेपाललाई अवको १५ वर्षभित्र कम्तिमा पनि अतिकम विकशित राष्ट्रको समुहबाट माथि उठाई समान सुखी र खुशी नेपाली भएको समुन्नत देश बनाउने संकल्प सहित नेपाली कांग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक सामाजिक रुपान्तरणको भरपर्दो सारथी बनाउने मुख्य ध्येयका साथ प्रजातन्त्र दिवसकै दिन वैचारिक जागरण अभियान प्रारम्भ गरिएको बताइएको छ । 

‘‘हामी प्रष्ट गर्न चाहन्छौं–यो कुनै गुट होइन, कुनै व्यक्तिविरुद्ध लक्षित पनि होइन । यो पाटीृे सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरुको अभियान हो,’’ अवधारणा पत्रमा उल्लेख छ ।

समूहले सहिदहरुलाई सम्झदै कांग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी र सुझारु तथा २०१५ सालको जस्तै प्रगतिशिल र जनप्रिय तथा २१ औं शताब्दि अनुकुलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गरेर समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना, साहस र समर्पण सहितको नेतृत्व, जनताको भरोसा र विश्वास जितेको पार्टीको रुपमिा स्थापित गर्ने संकल्प लिएका छन् । 

यस्तो छ अवधारणापत्र 

नेपाली कांग्रेस पुनर्जागरण अभियान
संक्षिप्त अवधारणा 
आज प्रजातन्त्र दिवस,२००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै स्वतन्त्रताका निम्ति प्राण आहुती गर्ने सम्पुर्ण सहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र सो अनुरुप सबै तहको निर्वाचन सम्पन्न भएको छ । यससंगै नेपाली राजनीतिको तत्कालको कार्यभार मात्र पुरा भएको छैन सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्याय समेत समाप्त भएको छ । नेपालको राजनीति अन्तत: लोकतन्त्रको सर्वस्वीकृत मार्गमा पुगेको छ, जुन हाम्रा दुरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए । निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो । तर कांग्रेसको राजनीति र विचारले जित्दैगर्दा पनि कांग्रेसले चुनाव जित्न सकेन । देशैभरि चुनाव हारेको मात्र होइन कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ, पार्टीका कार्यकर्ता अलमलिएका छन्,समर्थकहरू निराश छन र मतदातामा गहिरो अविश्वास छ । राजनीतिक विचारले जितेर पनि निर्वाचन हारेको र सवै तहमा नेता कार्यकर्ता अलमलिएको अनि कांग्रेसप्रति जनताको विश्वास गिरेको आजको वास्तविकता हो ।

के आजकै सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीले कार्यकर्ताको त्यो आत्मविश्वास र जनताको विश्वासलाई पुन:स्थापित गर्न सक्छ? हाम्रा अगाडिको यक्ष प्रश्न यहि हो । 

कांग्रेसमा आज जुन अलमल छ,त्यो रहिरहँदासम्म जनताको विश्वास फर्काउन त परको विषय तत्कालको लागि प्रतिपक्षको भूमिका पनि प्रभावकारी हुन सक्दैन । संविधानलाई कार्यन्वयन गर्नुपर्ने यो संक्रमणकालमा केहि अफ्ठ्यारो पर्‍यो भने पनि पार्टीले अग्रसरता र समाधान दिन सक्दैन । अनि यहि गति र अवस्थामा कांग्रेसले ५ बर्षपछिको चुनाववाट आफ्नो साख फर्काउन सक्ला ? सक्दैन। त्यसैले कांग्रेस जतिसक्दो छिटो यो अलमलवाट बाहिर निस्कनै पर्छ ।

कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीभित्र आत्मसमिक्षा मात्रै गरेर पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । निर्वाचन पश्चातको पिडावोधलाई शक्तिमा बदलेर फेरि पार्टीलाई द्रुततर गतिमा पुनर्जीवन दिन कांग्रेस नयाँ बन्नै पर्छ । त्यसको प्रारम्भ अविलम्ब महासमिति वैठक र सिघ्र महाधिवेशन गरेर हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं । यो नियमित प्रकृया हो, गर्नैपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष कांग्रेसमा पुनर्जागरण चाहिएको छ । एउटा यस्तो जागरण अभियान चाहिएको छ जसले तलदेखि माथिसम्म कांग्रेसलाई जागृत गराउन सकोस, संविधान कार्यन्वयनसँगै आरम्भ भएको नयाँ युगमा कांग्रेसको नयाँ लक्ष्य तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न सकोस र जनतामा विश्वास भराउन सकोस । 

तात्कालिक रुपमा यो पुनर्जागरण अभियानले महासमिति वैठक र महाधिवेशनलाई अर्थपुर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश संचालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यन्वयमा वाटो विराउन खोज्दा खवरदारी गर्नसक्ने कांग्रेस बनाउनेछ, काँग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृति सहितको पार्टी बनाउनेछ, पार्टीले नेतृत्व गर्नैपर्ने सामाजिक आन्दोलनका मुद्दाहरूलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पुनर्जागृत गरि सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पुर्‍याउनेछ ।

यससंगै यस अभियानले संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको शैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पुनर्व्याख्या गर्नेछ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिंदो आर्थिक सामाजिक परिवेश अनुरुप संगठनको पुनर्संरचना गर्दै नेपाली कांग्रेसलाई पुर्ण लोकतान्त्रिक, समावेशी, गतिशील र अनुशासित पार्टी वनाउन संगठनको खाका बनाउनेछ । त्यस्तै गतिशीलता,असल आचरण र समर्पण भएको स्वप्नशील नेतृत्व, पार्टीभित्र सवै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति गर्ने तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने एक्काइसौं सताव्दी अनुकुलको आधुनिक पार्टी निर्माण गर्न पार्टीभित्र र वाहिर जनमत तयार गर्नेछ । 

नेपाललाई अवको १५ बर्ष भित्र कम्तिमा पनि अतिकम विकसित राष्ट्रको समुहबाट माथि उठाइ समान, सुखी र खुशी नेपाली भएको समुन्नत देश बनाउने संकल्प सहित नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक सामाजिक रुपान्तरणको भरपर्दो सारथी बनाउने मुख्य ध्येयका साथ आज प्रजातन्त्र दिवसकै दिन यो वैचारिक जागरण अभियान प्रारम्भ गरिएको छ । 

हामी प्रष्ट गर्न चाहन्छौं-यो कुनै गुट होइन,कुनै ब्यक्ति बिरुद्ध लक्षित पनि होइन । यो पार्टी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरूको अभियान हो।

प्रात: स्मरणीय सहिदहरूलाई सम्झदै, हामी संकल्प गर्छौं- नेपाली काँग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी र जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय अनि २१औं शताब्दी अनुकूलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गर्ने मात्रै होइन समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना,साहस र समर्पण सहितको नेतृत्व अनि जनताको भरोषा र विश्वास जितेको पार्टीको रुपमा पनि स्थापित गर्नेछौं । 

हामी संकल्प गर्छौं- निर्वाचनको म्याण्डेट अनुसार यो ५ बर्ष जिम्मेवार र सशक्त प्रतिपक्षको रुपमा नेपाली कांग्रेसको भूमिकालाई स्थापित गर्दै ५ बर्षपछि हुने सवै तहका निर्वाचनमा कांग्रेसलाई बहुमत सहितको पहिलो पार्टीको रुपमा स्थापित गर्नेछौं।

अभियानको पहिलो चरण:

    अभियानको पहिलो चरणमा सवै प्रदेश, जिल्ला र स्थानिय तह(नगर\\गाँउपालिका र वडा)सम्म संविधान अनुसार परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनर्व्याख्या, संगठनको पुनर्संरचना र काँग्रेसले अंगिकार गर्नुपर्ने आर्थिक सामाजिक विकासका मुद्दाहरूका सन्दर्भमा पार्टीका साथीहरू,भातृ तथा सुभेक्छुक संस्थाका साथीहरू र सुदृढ कांग्रेसको सुभेच्छासहित समाजको बिभिन्न तहमा क्रियाशील व्यक्तिहरूसंग संवाद र छलफल गरि सिद्धान्तको पुनर्व्याख्या र सांगठनिक दस्तावेज तयार गरिनेछ।

    यसरी कांग्रेसको सवै तहमा छलफल गरि तयार गरिएको पार्टी पुनर्निर्माणको प्रस्तावित खाका सहितको एकिकृत दस्तावेजलाई अध्ययनको लागि पार्टीको हरेक तहमा पुर्‍याइनेछ र पार्टीको महासमिति वैठक तथा महाधिवेशनमा प्रस्तुत गरिनेछ।  

मिति: २०७४ फागुन  ७ गते, प्रजातन्त्र दिवस
जय नेपाल!


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC