site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीले अर्को आन्दोलन निम्त्याउँदैछन् : बलायर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले केपी ओली नेतृत्वको सरकारलाई हिम्मत भए देउवा सरकारले गरेका सम्पूर्ण कामहरु खोरेज गरेर देखाउन चुनौती दिएका छन् । नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघले हालै चितवनमा सम्पन्न यातायात व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बलायरले यस्तो चुनौती दिएका हुन् ।  
‘‘ओलीलाई हिम्मत भए निर्वाचनपछि देउवा सरकारले गरेका सबै काम खारेज गरे हुन्छ,’’ उनले भने, ‘‘प्रदेश प्रमुख, प्रदेश प्रमुखले सपथ खुवाएका मुख्यमन्त्री र प्रदेश सरकार तथा राष्ट्रिय सभाको निर्वाचनलगायतका सबै काम खारेज गरेर देखाए भयो ।’’
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बलायरले संबिधानलाई पूर्ण रुपमा कार्यान्वयन गरी देशलाइ संघीय गणतन्त्रात्मक ब्यवस्थामा अघि बढाए बाफत देउवा सरकारलाई बधाई दिन समेत कन्जुस्याई गर्नु प्रधानमन्त्री ओलीको संकिर्ण मानसिकताको उपज भएको बताए । 
प्रधानमन्त्री ओलीले निर्णय कुनै पनि गर्नुअघि आफ्नो बिगतलाई एक पटक फर्केर हेर्न जरुरी रहेको उनको भनाई थियो । बलायरले अघिल्लो पटक ओलीले आफूले सरकार छाडेकै दिन त्रिवि सेवा आयोगको पदपूर्ति गर्न बन्ने समितिको अध्यक्ष बनाएर गएका तर देउवा सरकारले त्यसलाइ खारेज नगरी मान्यता दिएको तर्फ ओलीको ध्यान जानुपर्नेमा जोड दिए । 
देउवा सरकारले आफ्नो कार्यकालमा तीनै वटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको, संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेशी दलहरुलाई चुनावमा सहभागि गराउन सफल भएको, क्यान्सर पीडित बिरामीहरुलाई उपचारार्थ मासिक ५ हजार रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको, वृद्ध भत्ता पाउने उमेर घटाएर ६५ वर्ष कायम गरेको जस्ता जनहितका कार्यहरु गरेको उनको भनाई थियो ।  प्रधानमन्त्री ओलीले यी सबै कामका लागि देउवा सरकारलाई धन्यवाद दिनुको साटो अर्को आन्दोलनलाई निम्त्याई रहेको निवर्तमान मन्त्री बलायरले आरोप लगाए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC