site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकतामा नजिकिँदै ओली–दाहाल, आजभोलिमै ब्रेक थ्रु !
Ghorahi CementGhorahi Cement

काठमाडौं । “नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै  पनि सरकार पाँच वर्ष टिक्न सकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अघि बढाएँ । जनताको चाहना पनि यही भएकाले मैले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागिपरेका छन्,” नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान बालकोटमा एकघण्टा भेटवार्ता गरी महोत्तरी पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना धारणा यसरी सार्वजनिक गरे ।

शुक्रबारसम्म माओवादी केन्द्रका नेताहरुलाई नेकपा एमालेसँगको एकता सहज रुपमा अघि नबढेको सुनाएका दाहालले शनिबार यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

त्यतिमात्रै होइन, दाहालले अगाडि थपे, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ । म सबैमा अपील गर्न चाहन्छु, तपाईँहरु सतर्क रहनुहोला । सावधान रहनुहोला, ताकि षडयन्त्रमा कोही पनि नफसौं । हाम्रो महान अभियानलाई बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने प्रयास भएको छ । तपाईँहरु सतर्क बस्नुहोला ।” 

Agni Group

एकता प्रक्रियामा पछिल्ला दिनमा निकै उतारचढाव आएको भए पनि शनिबारको वार्ताले भने नजिक ल्याउने काम गरेको नेकपा एमालेका एक प्रभावशाली नेताले बताए ।
उनका अनुसार यसअघि छलफल गर्न नसकिने भनेको ‘जबज’ लाई छलफलको विषय बनाउन सकिनेबारेमा शीर्ष दुई नेताबीच छलफल भएको छ ।

त्यसैले एकताको आधार मोटामोटी रूपमा आज या भोलिसम्म लगाइसक्ने तयारी भएको ती नेताको भनाई छ । उनका अनुसार एकतामा अर्को ‘व्रेक थ्रु’ गर्ने तयारी गरिएको छ ।  

Global Ime bank

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच शनिबार भएको ‘एकान्त वार्ता’ ले एकताको आधार तयगरेको दाबी नेताहरुको छ ।

संयोजन समितिमा आवद्ध तथा ओली नजिकका एक एमाले नेताले भने “दुई अध्यक्षबीचको सहमतिको अनुमोदन गर्न आज संयोजन समितिको बैठक बस्ने तयारी गरिएको छ । आज नभए पनि भोलिसम्म एकताका बारेमा केही कुरा सार्वजनिक गर्ने तयारी गरेका छौं ।”

“सहमति के भएको हो, सामान्य जानकारी छ, एकता संयोजन समितिको बैठकले अनुमोदन नगर्दासम्म केही सूचना बाहिर नलग्नु भनिएको छ”, नाम नबताउने शर्तमा ती सदस्यले भने । 

पार्टी एकताको आधार तयार भएपछि माओवादीले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पनि सिफारिस गर्नेछ ।

“दुई अध्यक्षबीच कुरा नमिल्दासम्म एकता संयोजन समितिको बैठकको औचित्य पनि छैन, सहमतिमा प्रगति भएकैकारण बैठक बस्ने तयारी गरिएको हो,” उनले भने, “एकता संयोजन समितिको बैठकसम्म पर्खिनुस्, केही न केही सुखद समाचार सुन्न सकिनेछ ।”

यसअघि गत असोज १७ गते दुई दलले ६ बुँदे सहमति गरेर पार्टी एकताको शुरुवाती ‘ब्रेक थ्रु’ गरेका थिए । चुनावी तालमेलसँगै निर्वाचनपछि पार्टी एकताको प्रक्रियालाई मूर्तरुप दिने बताएका दुवै दलका नेताहरु अहिले एकता प्रक्रियाको गृहकार्यमा जुटेका छन् ।

यसअघि मानभवनमा बसेको एकता संयोजन समितिको बैठकमा नेकपा एमालेका नेताहरुले ‘जबज’ छलफलको विषय नै बन्न नसक्ने बताएपछि बैठक सकिएको थियो ।
त्यसपछि माओवादी केन्द्रका नेताहरुले अब एकता प्रक्रिया ‘शुन्य’ देखि नै अघि बढाउनुपर्ने बताउँदै आएका थिए ।

नेकपा माओवादी केन्द्रले पार्टी एकताको आधार तयार नहुँदासम्म सरकारमा सहभागी नहुने अडान लिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका थिए । सोही दबाबलाई चिर्न जतिसके छिटो माओवादीलाई पनि सरकारमा सहभागी गराउने कसरतमा प्रम ओली लागेको एमालेका एक नेताले बताए ।

माओवादी केन्द्रका अर्का एक नेताले पनि पार्टी एकतामा देखिने सहमतिको तयारी गरिएको बताए ।  एकता समितिको बैठकमा पार्टी एकता, त्यसपछि बन्ने पार्टीका कमिटी, सरकार विस्तार लगायतका विषयमा छलफल हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC