site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साँघुरो जितमा वायर्न म्युनिखलाई २१ अंकको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको बिजेता वायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले वुल्फवर्गलाई २–१ हराएको हो ।

वुल्फवर्गको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता उल्टाएर वायर्नले जित निकालेको हो ।  लिग लिडर वायर्नलाई जित दिलाउन सान्ड्रो वाग्नर र रोबर्टो लेवान्डोस्कीले समान एक एक गोल गरे । वुल्फवर्गका ड्यानीयल डीडाभीले एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफको आठौं मिनेटमा ड्यानीयलले गोल गर्दै वुल्फवर्गलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० को अग्रता बनाएको वुल्फवर्गले दोस्रो हाफमा अग्रता कायम राख्न सकेन । पहिलो हाफमा एक गोलले पछि परेपनि वायर्नले दोस्रो हाफमा खेलमा फर्कदै जित दर्ता गर्यो ।

खेलको ६५ औं मिनेटमा वायर्नका वाग्नरले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २ – १ को साँघुरो जित दिलाए । लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका हुन् । त्यसअघि खेलको ५५ औं वायर्नका आर्जेन रोविनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

Global Ime bank

यो जितसँगै उपाधि नजिक पुगेको वायर्नले लिगमा २१ अंकको अग्रता बनाएको छ । लिगको २३ खेल सकिदा शिर्ष स्थानको वायर्नले ५९ अंक जोडेको छ । लिगमा दोस्रो स्थानको वायर लिभरकुसेन र  तेस्रो स्थानको आरबी लेपजिङको समान ३८ – ३८ अंक छ । पराजित वुल्फवर्ग २४ अंकसहित लिगको १३ औं स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC