site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा चौकीदारीका लागि जानु नपर्ने अवस्था बनाउँछु : मुख्यमन्त्री भट्ट
Ghorahi CementGhorahi Cement

धनगढी । प्रदेश ७ का मुख्यमन्त्र त्रिलोचन भट्टले अब यहाँका जनताले भारतमा चौकीदारी गर्न जान नपर्ने प्रदेश बनाउने अठोट व्यक्त गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको पत्र बुझेलगत्तै संवाददाताहरुसग बोल्दै उनले यस्तो बताएका हुन् । 

प्रदेश प्रमुख मोहनराज मल्लले आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको पत्र बुझ्न भट्ट प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । यसअघि हिजो प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले बामबठबन्धनका बहुमत ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिबार अपरान्ह ३ बजे सपथ खुवाइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

Agni Group

माओवादी केन्द्रका नेता भट्ट कुनै बेला भारतको मुम्बईमा चौकीदारी गरेका व्यक्ति हुन् । कमजोर आयश्रोत भएकोे परिवारमा जन्मेका त्रिलोचन आर्थिक अभावकै कारण ८ कक्षाको पढाइ छोडेर १४ वर्षमै भारत पसेका थिए । 

भारतमै रहँदा उनले २०४७ सालबाट अखिल भारत नेपाल एकता समाजको सदस्यबाट राजनीति सुरु गरेका थिए । भट्ट २०५६ सालबाट माओवादी पार्टीको पूर्णकालिन राजनीतिमा लागेका थिए । भट्ट २०६४ मा डोटी जिल्ला इन्चार्ज, हुँदै २०७१ देखि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका छन् । 

Global Ime bank

२०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका भट्ट दुबै निर्वाचनमा पराजित भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC