site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्प र पुटिनबीच प्यालेस्टाइनको विषयमा फोनवार्ता, उत्तर कोरियामाथि पनि थप दबाब दिन आग्रह
Ghorahi CementGhorahi Cement

काठमाडौं । डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति पुटिनबीच सोमबार भएको फोनवार्तामा उत्तर कोरियाको आणविक हतियार र मध्यपूर्वी क्षेत्रको शान्ति प्रक्रियाबारे छलफल गरिएको ह्वाइट हाउसले बताएको छ । विशेषगरी पुटिन र प्यालेस्टाइनका राष्ट्रपतिबीच भेटवार्ता कार्यक्रम रहेकाले पनि ट्रम्पले पहिले नै पुटिनसँग यसबारे कुरा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

ट्रम्पले इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापना गर्ने आफ्नो प्रयास असफल भएको भनेपछि पुटिनले राष्ट्रपति मोहोम्मदसँग वार्ता गर्दा सो विषयमा पनि कुरा उठाउने बताएका हुन् । शान्ति प्रक्रियामा लागि पर्ने समय अहिले नै रहेको बताउँदै ट्रम्पले पुटिनलाई यस्तो आग्रह गरेको ह्वाइट हाउसले बताएको छ । 

Agni Group

यसपछि आजकै दिन राष्ट्रपति मोहोम्मद अब्बाससँग पुटिनको भेटवार्ता भएको थियो जसमा अब्बासले भने ट्रम्पसँग सहकार्य गर्न अस्वीकार गरिसकेको बताइएको छ । 

अन्तराष्ट्रिय संचार माध्यमले खबर गरेअनुसार अब्बासले पुटिनसँगको बैठकमा, ‘हामी अबबाट अमेरिकासँगको कुनै पनि शान्ति प्रक्रियामा सहभागी हुने छैनौँ र कुनै प्रकारको हस्तक्षेप पनि सहने छैनौँ’ भन्ने भनाइ राखेका थिए । गत वर्ष पुटिनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतानयाहूसँग पनि भेट गरेका थिए जसकारण ट्रम्पले यस मुद्दामा रुसबाट सहयोगको अपेक्षा गरिरहेको बताइएको छ ।

Global Ime bank

अर्कोतर्फ ट्रम्पले पुटिनलाई उत्तर कोरियामाथि थप दबाब दिन समेत आग्रह गरेको बताइएको छ । 

उत्तर कोरियाको आणविक हतियार निर्माण कार्यमा रोक लगाउन रुसको भूमिका महत्वपूर्ण हुन सक्नेबारे ट्रम्पले पहिले पनि बताउँदै आइरहेका छन् । 

तर पछिल्लो समय रुसले उत्तर कोरियाको मुद्दामा कुनै सहायता नगरेको र प्रतिबन्ध पनि उल्लंघन गरेको आरोप लगाउँदै ट्रम्पले असन्तुष्टि व्यक्त गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC