site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मलेशियामा समलिङ्गीको पहिचानबारे गलत जानकारी प्रकाशन गरिएकामा आक्रोश व्यक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेशियाको एक पत्रिकाले समलिङ्गी पुरुष र महिलाको पहिचान कसरी गर्ने भन्नेबारे एउटा लेख प्रकाशन गरेपछि त्यसको कडा विरोध गर्दै सबैतिर प्रदर्शन भइरहेको छ । सो लेखमा समलिङ्गी पुरुषलाई दाह«ीबाट र महिलालाई हात समाउने बानीमार्फत पहिचान गर्न सकिने जस्ता कुरा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

यसबारे समलिङ्गी समुदायको अधिकारका लागि सक्रिय रहेका विभिन्न संस्था र कार्यकर्ताहरुले गम्भीर आपत्ति जनाएका हुन् । यसका कारणले रूढीवादी देशका जनताको जीवन जोखिममा पर्नेबारे उनीहरुले चेतावनी दिइरहेको बताइएको छ । समलिङ्गी क्रियाकलापलाई मलेशियाको कानुन र धार्मिक परम्परा दुवैका अनुसार अनैतिक मानिन्छ । 
त्यसकारण मालेको सिनार हारियन पत्रिकामा प्रकाशन भएको सो लेखमा समलिङ्गीहरुले मद्दतका लागि धार्मिक संस्थासँग सम्पर्क राख्नुपर्ने समेत बताइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर त्यो भन्दा पनि समलिङ्गी पुरुष र महिलालाई कसरी चिन्ने भन्ने विषयमा प्रकाशन गरिएको सूचीप्रति भने धेरैले आक्रोश व्यक्त गरेका हुन् । बिना कुनै प्रमाण सो पत्रिकाले अर्थहिन र गलत जानकारी प्रकाशन गरेको भन्दै युट्युबमा समेत यसविरुद्ध थुप्रै भिडियो बनाइएको बताइएको छ । 

दाह«ी पाल्नेबाहेक समलिङ्गी पुरुषहरुले जिम जाने र अन्य पुरुषहरुमाथि नजर राख्ने, उनीहरुको लुगाप्रति पनि ध्यान दिने गरेको बताइएको छ । 

Global Ime bank

त्यस्तै समलिङ्गी महिलाहरुले भने एकअर्काको हात समातेर हिँड्ने र बारम्बार अंकमाल गरिरहने उल्लेख गरिएको थियो । तर यी सबै क्रियाकलाप सामान्य मानिसमा समेत लागु हुने भएकाले सो लेखमा धेरै कुरा गलत रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय कार्यकर्ताले विश्वभरबाट नकारात्मक प्रतिक्रिया दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । 

विश्वका धेरै मुलुकहरुमा अझै पनि समलिङ्गीहरुको हत्या गरिने, यातना दिइने, कैद गर्ने गरेको पाइन्छ । यस्तोमा मलेशियाको पत्रिकाले प्रकाशन गरेको सो लेख धेरैका लागि खतरनाक साबित हुन सक्ने विरोधीहरुको भनाइ छ ।

पछिल्ला केही वर्षहरुमा मलेशियामा समलिङ्गी समुदायको अधिकारका लागि लडिरहेकाहरुलाई धार्मिक व्यक्तित्वका कारण बेवास्ता गरिँदै आएको बताइन्छ । यसका कारणले समलिङ्गी मानिसहरुप्रति घृणा र हिंसा बढ्दै गइरहेकामा विभिन्न संस्थाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ०२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC