site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
१० सेकेण्डको चुम्बनमा आठ करोड व्याक्टेरिया सर्न सक्ने !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी। चुम्बन गर्दा नाक एक–आपसमा ठोक्किन्छ कि ठोक्किन्न ? एक हिन्दी फिल्ममा सोधिएको यस प्रश्नको उत्तर चुम्बनको सुख भोग गर्न पाएकाहरुसँग अवश्यपनि होला । 
तर एउटा चम्बन थोरै समय पनि लम्बिए ब्याक्टेरियाको ठूलो समुह शरणार्थी बनेर अर्को व्यक्तिको मुखमा जान्छ भन्ने बारेमा धेरै जसो व्यक्तिलाई थाहा नहुन पनि सक्छ ।
१० सेकेण्डको एक चुम्बनका दौरान आठ करोड ब्याक्टेरिया एक–अर्काको मुखभित्र जाने गर्दछन् । यो कुनै प्रेमी–प्रेमिकाको जोडीले नभएर नेदरल्याण्डस्का वैज्ञानिकहरुको एक समुहको भनाई हो । 
ती वैज्ञानिकहरुले २१ जोडीमा चुम्बनको तथ्यबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा जुन जोडीले दिनमा नौपटक एक–अर्कालाई चुम्बन गर्दछ, उनीहरुमा ब्याक्टेरिया सर्ने सम्भावना अत्याधिक रहने गरेको तथ्य फेला परेको उक्त समुहले बताएको छ ।
अनुसन्धानले मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा हुने गरेको देखाएको छ । जसमध्ये केही ब्याक्टेरियाहरु बढी तीव्र गतिमा सर्ने हुन्छन् । 
नेदरल्याण्ड अर्गेनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ) को उक्त समुहले चुम्बनको अनुसन्धान गरिएका जोडीहरु सँग ‘किसिङ ह्याबिट’ का बारेमा कयौं प्रश्नहरु गरेको थियो । उनीहरुलाई गतवर्ष कति पटक एक–अर्कालाई चुम्बन गरियो र अन्तिम पटक ‘लक्ड लिप्स’ युक्त चुम्बन कहिले गरिएको थियो ? भन्ने प्रश्न सोधिएको थियो । 
वैज्ञानिकहरुले ती जोडीहरुको जिब्रो र ¥यालको नमूना पहिले नै संकलन गरेको थियो । त्यसपछि उनीहरुले १० सेकेण्ड लामो चुम्बन लिइसकेपछि पनि जिब्रो र ¥यालको नमूना लिइएको थियो । 
चुम्बन पछि जोडीका हरेक एक सदस्यलाई ब्याक्टेरिया सजिलै पहिचान हुन सघाउने ‘प्रोबायोटिक ड्रिंक’ सपउन दिइएको थियो । त्यस पछिको दोस्रो चुम्बनका दौरान वैज्ञानिकहरुले कति ब्याक्टेरिया अर्को सदस्यको मुखमा पुग्यो भन्ने बारेमा जानकारी हासिल गरेका थिए । बैज्ञानिकहरुका अनुसार हरेक १० सेकण्ड लामो चुम्बनपछि झण्डै आठ करोड ब्याक्टेरिया सर्ने गरेको तथ्य देखाएका छन् । 
बैज्ञानिक टीमका प्रमुख प्रोफेसर रेमको कोर्ट भन्छन्, “फ्रेन्च किसिंगका माध्यमबाट ब्याक्टेरिया तीव्र गतिमा ठूलो संख्यामा एउटाको मुखबाट अर्कोको मुखमा पुग्दछन् ।’’ 
साभारः बीबीसी हिन्दी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC