साहित्य र कला

कपिल शर्माले खुलासा गरे नयाँ शो को नाम, सुनील ग्रोवर बारे ‘सस्पेन्स’

कपिल शर्माले खुलासा गरे नयाँ शो को नाम, सुनील ग्रोवर बारे ‘सस्पेन्स’

काठमाडौं । टेलिभिजनका कमेडी किङ्ग कपिल शर्मा एकपटक फेरि टिभीमा फर्किने भएका छन् । केही समय अघि कपिलले उक्त टिभी शो को प्रोमो जारी गरेका थिए । जसमा उनी सोनी टेलिभिजनको कार्यालय जान ट्याम्पो खोज्दै कमेडी गरिरहेको अवस्थामा देखिएका थिए । 

प्रोमोमा नयाँ टिभी शोको नाम नबताइएपनि अहिले आएर कपिल स्वयम्ले नयाँ टिभी शो को नाम खुलासा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको लाईभ च्याटमा कपिलले नयाँ शो को नाम ‘फेमिली विथ कपिल शर्मा’ राखिने खुलासा गरेका हुन् । 

कपिलले पछि गएर टिभी शो को नाम परिवर्तन हुन सक्ने समेत बताएका छन् । यसअघि उनले ‘द कपिल शर्मा शो’ नामक टिभी शो का माध्यमबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । 

भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार कपिलको नयाँ शो मा सुनील ग्रोवर हुने छैनन् । यद्यपि सुनिल टिभी शो मा समावेश हुने नहुने बारेमा कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन् । 
 

तपाईंको मत