काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले छिमेकी मुलुक दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम राख्न चाहेका छन् । किमले दक्षिण कोरियासँगको सम्बन्धलाइ सुमधुर कायम राख्न चाहेको उत्तर कोरियाको सरकारी एजेन्सीले पुष्टि गरेको छ ।
किम जोंग उनले पछिल्लो बयानमा शान्ति बहालीका सबै प्रयासहरु जारी राखेको प्रति दक्षिण कोरियाको प्रशंसा गरेका छन् । दक्षिण कोरियाबाट स्वदेश फिर्ता भएको उत्तर कोरियाली प्रतिनिधि मण्डलले तयार पारेको प्रतिवेदन हेरे पछि किमको बयान आएको एजेन्सीले जनाएको छ ।
उक्त प्रतिनिधि मण्डलमा किमकी बहिनी किम यो जोंगपनि सहभागि थिइन् । किमकी बहिनी जोंगले दक्षिण कोरियाको प्योंगचांगमा चलिरहेको विन्टर ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागि भएकी थिइन् ।
यद्यपि एजेन्सीको उक्त प्रतिवेदनमा किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योंगयांग आउन गरेको निमन्त्रणाका बारेमा भने केही उल्लेख गरिएको छैन् ।
ओलम्पिक खेल उद्घाटन भएको भोली पल्ट उत्तर कोरियाली शासक किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मून जेई इनलाई आफ्नो देश भ्रमणमा आउनु आमन्त्रण गरेको खबर आएको थिए ।