site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘रेडियोमा खेलकुद कम प्राथमिकता’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेलकुद समचार आम जनताको चासोको बिषय बनेको भएपनि नेपाली रेडियोले कम प्राथमिकता दिँदै आएको सरोकारवाला वक्ताहरूले बताएका छन् । विश्व रेडियो दिवसको अवसरमा नेपाल खेलकुद  पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांस वक्ताहरुले रेडियोहरुले खेलकुदलाई कम प्राथमिकता दिएको बताएका हुन् ।

नेपाली खेलकुदको बिकासमा रेडियोको भूमिका नामक अन्तक्रियामा कार्यक्रममा बोल्दै कीर्तिमानी तेक्वान्दो खेलाडी, प्रशिक्षक  तथा ओलम्पियन दिपक बिष्टले रेडियो नेपाली समाजको लागि महत्वपूर्ण सूचनाको अंक रहेको भएपनि खेलकुदलाई कम महत्व दिने गरेको बताए  ।

शहरी क्षेत्रबाहेक नेपालका अधिकांस क्षेत्रमा रेडियो सुन्ने गरेको बताउदै बिष्टले भने, “रेडियो नेपालको लागि राम्रो माध्यम हो । खेलकुदमा लामो समयबाट लागेको छु । तर, मेरो अनुभवमा रेडियोमा स्पोर्ट्स कार्यक्रम निकै कम छ, किन हो स्पोर्ट्स समाचारले कम स्थान पाउछ । हामी खेलाडी र रेडियोको खेल पत्रकारबीचको दूरी धेरै छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

बिष्टले आफुले समचारको पहिलो माध्यमको रुपमा रेडियो सुनेको बताउदै पत्रिका, टेलिभिजनसंगै रेडियोले खेलकुदलाई प्राथमिकता दिए नेपाली खेलकुदको विकासमा सहयोग पुग्ने बताए । त्यस्तै बिष्टले रेडियोको खेल पत्रकार र खेलाडीबीचको सम्बन्ध सुधार गर्न नेपाल खेलकुद  पत्रकार मञ्चले पुलको भूमिका निर्वाह गर्न सक्ने बताए ।

यस्तै एन्टेना फाउन्डेशन र शेयरकास्ट इनिसिएटिभका सहसंस्थापक मधु आचार्यले श्रोताको लागि खेलकुद चासोको बिषय रहेको बताउदै नेपाली रेडियोले खेलकुदलाई प्राथमिकता दिए रेडियो सुन्ने श्रोतामा वृद्धि हुने बताए ।

Global Ime bank

आचार्यले नेपाली रेडियोले राम्रो बिषयबस्तु उठान गर्न नसकेको कारण रेडियोको श्रोता दैनिक घटिरहेको बताउदै रेडियोको श्रोता बढाउन खेलकुद महत्वपूर्ण पाटो रहने बताए ।  “खेलकुद मान्छेको चासोको बिषय हो । अन्य माध्यमले जस्तै रेडियोले खेलकुदलाई राम्रो कभर गर्नु सक्नुपर्छ,” रेडियो सगरमाथाका पुर्व समाचार निर्देशक एवं इन्टर न्युजका पूर्व देशीय निर्देशक समेत रहेका आचार्यले भने, “हामीले श्रोताले चाहने  बिषय दिन सक्दैनौ  तर अरु दिन सक्छौं । बीबीसी रेडियोले अझै इन्ग्लिश प्रिमियर लिगको लाइभ कमेन्ट्र दिने गर्छ । हामीले गर्न नसक्ने छैन ।”

आचार्यले नेपाली खेलकुदको विकास र प्रवर्धन गर्न रेडियो क्षेत्रले नेपाल खेलकुद  पत्रकार मञ्चसँग सहकार्य गर्न तयार रहेको समेत बताए  ।

कार्यक्रममा शेयरकास्ट इनिसिएटिभका सहसंस्थापक तथा सामुदायिक रेडियो प्रसारण संघका लेखा समिति संयोजक भुमि चापागाईले मिडिया सशक्त माध्यम रहेको बताउदै नेपाली खेलकुद अघि बढ्न नसक्नुको क्रम मिडिया नै दोषी रहेको बताए ।

रेडियोमा खेलकुदले कम प्राथमिकता पाउनुको कारण धेरै रहेको उल्लेख गर्दै चापागाईले भने, “मिडियाको कारण  पार्टीका नेताहरु धेरै माथि गएका छन् । तर, मिडियाकै कारण खेलकुद अघि बढ्न सकेको छैन । हामीले राजनीतिक व्यक्तिको अन्तर्वार्ता, प्रोफायल धेरै गर्छौ तर एक खेलाडी, खेलकर्मीको अन्तर्वार्ता, प्रोफायल धेरै कम गर्छौं ।” 

कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले रेडियो अझैपनि लोकप्रिय रहेको बताउदै खेलाडीलाई खेल्न प्रेणित गर्ने माध्यम मिडिया हुँदा रेडियोलाई पनि एक महत्वपूर्ण माध्यम बनाउन सकिने बताए  । यस्तै मञ्चका उपाध्यक्ष देवेन्द्र सुवेदीले पछिल्लो समय रेडियो बढी ब्यबसायिक बनेको भएपनि खेलको प्रकृतिको कारण खेलकुदलाई प्राथमिकता दिन नसकेको बताए ।

एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन (एआइपिएस–एसिया)को सहयोगमा नेपाल खेलकुद  पत्रकार मञ्चल फेब्रुअरी  १३ अर्थात् विश्व रेडियो दिवसको अवसरमा नेपाली खेलकुदको बिकासमा रेडियोको भूमिका नामक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य, उपाध्यक्ष देवेन्द्र सुवेदी, एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी, मञ्चका महासचिव प्रकाश तिमिल्सिना, मञ्चका प्रवक्ता पवन आचार्य लगायतको उपस्थिति रहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC