site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । 

चालु आवको पुस मसान्तमा रु १३ अर्ब २१ करोड यस बैंकले प्रदान गरेको पुनर्कर्जा लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । भूकम्पपीडितलाई बढीमा दुई प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्तर्गत पुस मसान्तसम्ममा रु एक अर्ब १२ करोड पुनर्कर्जा उपयोगमा रहेको छ । 

सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा छ हजार २०३ जनाले उपयोग गरेका छन् । यसअन्तर्गत रु छ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ भने रु ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

Agni Group

निक्षेप संकलन बढ्यो 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६ दशमलब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ७ दशमलब २ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ दशमलब ७ प्रतिशतले बढेको छ । 

Global Ime bank

विसं २०७४ पुसमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलब ४, ३६ दशमलब ४ र ४२ दशमलब ८ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८ दशमलब २, ४२ दशमलब १ र ३२ दशमलब ८ प्रतिशत रहेको थियो । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलब ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४७ दशमलब ६ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११ दशमलब ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलब ९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह ११ दशमलब ५ प्रतिशत, विकास बैंकको १६ दशमलब ६ प्रतिशत र वित्त कम्पनीको ४ दशमलब २ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७ दशमलब २ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलब ३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलब ५ प्रतिशत कर्जा चालू सम्पत्ति कृषि तथा गैर–कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलब ६ प्रतिशत र १४ दशमलब ३ प्रतिशत थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट आयातकर्जा ५० दशमलब ५ प्रतिशत रु ३२ अर्ब ६१ करोड ले वृद्धि भई रु ९७ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.४ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा सात प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा ९ दशमलब ६ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जा समेत ९ दशमलब ५ प्रतिशतले बढेको छ । 

यस अवधिमा खुलाबजार कारोबारका विभिन्न उपकरणमार्पmत् पटक–पटक गरी रु एक खर्ब २९ अर्ब २० करोड तरलता प्रशोचन गरिएको छ । यसअनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोरअन्तर्गतको १४ दिने निक्षेप संकलन बोलकबोलमार्पmत् रु दुई अर्ब १० करोड र रिभर्स रिपोमार्पmत् रु ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु एक खर्ब एक अर्ब १० करोड तरलता प्रशोचन भएको थियो । 

बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् रु ४४ अर्ब पाँच करोड र सोझै खरिद बोलकबोलमार्फत् रु २५ अर्ब २८ करोड गरी कुल रु ६९ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु १५ अर्ब ४० करोड तरलता प्रवाह भएको थियो । 

समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले रु २३ अर्ब ५८ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु १३ अर्ब ९८ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । 

यस बैंकले विदेशी विनिमय बजार वाणिज्य बैंक बाट अमेरिकी डलर एक अर्ब ९२ करोड खुद खरिद गरी रु १९८ अर्ब चार करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब चार करोड खुद खरिद गरी रु २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब २० करोड र युरो चार करोड बिक्री गरी रु दुई खर्ब ३१ अर्ब ६४ करोड बराबरको भारु खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ९८ करोड र युरो नौ करोड ५० लाख बिक्री गरी रु दुई खर्ब २४ अर्ब ३० करोडबराबरको भारु खरिद भएको थियो । 

१५८ बैंक तथा वित्तीय संस्था मर्जर 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् यस अवधिमा १५८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११८ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४० संस्था कायम भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ०२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC