Skip Advt.
ad

देश

यसरी मनाइयो महाशिवरात्री (तस्बिरमा)

सौरभ रानाभाट

यसरी मनाइयो महाशिवरात्री (तस्बिरमा)

काठमाडौं ।हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री आज भगवान शिवको पूजाआराधना गरेर मनाइएको छ । हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गरेका छन् । 

शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । आजको दिन भगवान महादेवलाई जाडो हुने भएकोले घरघरमा गई दाउरा मागेर धुनी जगाउने प्रचलनसमेत छ । 

यस वर्ष पशुपतिनाथमा आउने भक्तजनका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रभित्र गाँजा, भाङ, धतुरोजस्ता पदार्थको प्रयोग गर्न नपाइने जानकारी कोषले दिएको छ । हरेक वर्षझैं यस वर्ष पनि पशुपतिनाथमा दर्शनार्थीहरुको ठूलो घुइँचो लागेको छ । पशुपति क्षेत्रमा भारतीय बाबाहरूको पनि बाक्लो उपस्थिति थियो ।


 

तपाईंको मत