site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली-दाहालबीच \'वान टु वान\' वार्ता, बुधबार एकता समितिको बैठक बस्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको 'वान टु वान' वार्ता सकिएको छ ।

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको दुई नेताबीचको वार्ताले बुधबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

Agni Group

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुर्इ नेताबीच मंगलबार वार्ता भएको भए पनि के विषयमा कुराकानी भयो भन्नेबारेमा कुनै जानकारी गराइएको छैन ।

पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समितिको बैठक राखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । नेताहरुका अनुसार बुधबारको बैठकले वैचारिक र सांगठनिक कार्यदल निर्माण गर्नेछ ।

Global Ime bank

पार्टी एकता संयोजन समितिमा एमालेबाट ओलीसहित वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC