Skip Advt.
ad

खेल

सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता फागुन दोस्रो सातादेखि

सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता फागुन दोस्रो सातादेखि

धनगढी । फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तिव्र पारिएको जानकारी दिएको हो । फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता हुदैछ । 

प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६  टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । वुमेन अफ द सिरिज हुनेले १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीले ५–५ हजारका दरले नगद प्राप्त गर्ने छन् । 

प्रतियोगितामा सहभागी हुने ६ टिमलाई २ समुहमा विभाजन गरी लिग चरणका आधारमा खेल हुने छ ।

अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको छ ।
 

तपाईंको मत