site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्यूजील्याण्डद्धारा इंग्ल्याण्ड पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । टि–ट्वान्टी ट्राइ सिरिज क्रिकेटको चौथो खेलमा न्यूजील्याण्डले जित हात पारेको छ । न्यूजील्याण्डले इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

वेष्टपाक रंगशालामा १९७ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन मात्रै बनाउन सक्यो । कुनै बेला जित नजिक पुगेको इंग्ल्याण्डले १८ र १९ ओभरमा लगातार ३ विकेट गुमाएपछि पराजित भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्ल्याण्डका लागि डविड मलनले ५९ र एलेक्स हल्सले ४७ रन बनाएका थिए । बलिङतर्फ न्यूजील्याण्डका ट्रेन्ट बोल्ट, मिचेल साट्नर र इश सोधीले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा उत्कृष्ट ब्याटिङ गर्दै १९६ रन बनाएको थियो । न्यूजील्याण्डका लागि कप्तान केन विलियमसनले ७२ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, ओपनर मार्टिन गुप्टिलले विस्फोटक ब्याटिङ गर्दै ४० बलमा ६५ रन बनाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC