site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केसीटीसी र शान्तिनगर सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) र शान्तिनगर युथ क्लब मूलपानीमा जारी खुकुरी च्यालेन्जर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको क्वाटरफाइनलमा केसीटीसीले वाईवाई ग्रेड हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) लाई र शान्तिनगरले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
मंगलबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा केसीटीसीले जीएचसीएलाई २४ रनले पराजित गरेको हो । १२४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको जीएचसीएले निर्धारित ओभर सकिन ८ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ९९ रनमात्रै बनाउन सक्यो । जीएचसीएका लागि प्रदिप ऐरीले २३ रन बनाए । त्यस्तै, कमलसिंह ऐरीले २० रन बनाए ।
केसीटीसीका लागि सुमित झाले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केसीटीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको थियो । केसीटीसीका लागि सुधिर चौधरीले ६४ र दुर्गेश थापाले ३५ रन बनाएका थिए ।
त्यस्तै, मंगलबार नै भएको अर्को क्वाटरफाइनलमा शान्तिनगर युथ क्लबले आर्मीलाई ७ रनले पराजित गरेको हो । १२९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२१ रन बनाएका थिए । आर्मीका लागि लोकेन्द्र चन्दले २० रन बनाएपनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।
शान्तिनगरका लागि योगेन्द्रसिंह कार्कीले ४ र मञ्जित श्रेष्ठले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको शान्तिनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । शान्तिनगरका लागि ओपनर सुनिल धमलाले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अमित श्रेष्ठले २३ रन बनाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC