site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘राम्रो विषयवस्तु उठान गर्न नसक्दा रेडियोका श्रोता घटे’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली रेडियोले राम्रो विषयवस्तु उठान गर्न नसक्दा पछिल्लो समय रेडियो सुन्ने श्रोतामा कमी आएको रेडियोकर्मीहरुले बताएका छन् । विश्व रेडियो दिवसको अवसरमा नेपाल खेलकुद  पत्रकार मञ्चले मंगलबार आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले रेडियोहरुले विषयवस्तु उठान गर्न नसकेको बताए ।

एन्टेना फाउन्डेशन र सेयरकास्ट इनिसिएटिभका सहसंस्थापक मधु आचार्यले विदेशमा रेडियो सुन्ने श्रोता बढिरहेको बताउँदै विषयवस्तुमा चुक्दा नेपालमा भने रेडियोको श्रोता घटेको जानकरी दिए । आचार्यले राम्रो विषयवस्तु उठान गर्न नसकेको कारण नै रेडियोको श्रोता दैनिक घटिरहेको समेत बताए ।
अन्तरक्रियामा रेडियो सगरमाथाका पूर्व समाचार निर्देशक एवं इन्टर न्युजका पूर्व देशीय निर्देशक समेत रहेका आचार्यले भने, “नेपालमा ठूला घटनामा रेडियो सुन्ने श्रोता बढी हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, पछिल्लो समय समग्रमा ५० प्रतिशत र दैनिक ३० प्रतिशत रेडियो सुन्ने श्रोता घटेका छन् । रेडियोको श्रोता घट्नुको कारण अन्य माध्यमको कारण हैन, रेडियोहरुले आफैं राम्रो विषयवस्तु  दिन नसकेर हो ।”

यस्तै आचार्यले पछिल्लो समय रेडियो सुन्ने माध्यम परिवर्तन भएको बताए । तर, उनले माध्यम परिवर्तनले श्रोताहरुमा असर भने नपरेको बताए । नेपालमा श्रोताहरुले रेडियो कार्यक्रमहरु चयन गरेर सुन्ने गरेको बताउँदै आचार्यले अहिलेका रेडियो स्टेसनले अनावश्यक विषयवस्तुमा फोकस गरेको टिप्पणी गरे । 

Global Ime bank

सेयरकास्ट इनिसिएटिभका सहसंस्थापक तथा सामुदायिक रेडियो प्रसारण संघका लेखा समिति संयोजक भूमि चापागाईंले रेडियोको श्रोता घट्नुको मुख्य कारण विषयवस्तुको कमजोर प्रस्तुति रहेको बताए । नेपाली रेडियोमा राजनीतिक विषयवस्तु हावी भएको बताउँदै चापागार्इंले भने, “हामीले अध्ययन गर्दा रेडियोको श्रोता घट्नुको कारण विषयवस्तु दिन नसक्नु देखिएको छ ।”

अन्तरक्रियामा कीर्तिमानी तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा ओलम्पियन दिपक विष्टले रेडियो सुन्दै हुर्किएको बताउँदै रेडियोले राम्रो सामग्री दिन सके सूचनाको राम्रो माध्यम बन्ने बताए । 
फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवसको अवसरमा मञ्चले अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा रेडियो क्षेत्रमा रहेका विभिन्न वक्ताहरुसँगै मञ्चका अध्यक्ष महेश आचार्य, उपाध्यक्ष देवेन्द्र सुवेदी, एआइपिएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी, मञ्चका महासचिव प्रकाश तिमिल्सिना, मञ्चका प्रवक्ता पवन आचार्यलगायतको उपस्थिति रहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC