site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड र बेलायतका रक्षामन्त्रीबीच भेटवार्ता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । मंगलबार अध्यक्ष निवास खुमलटारमा भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत अध्यक्षसँग छलफल गरेका थिए । रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको बताए । 
अध्यक्ष प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको समेत बताए । स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै अध्यक्ष प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा बेलायतले नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै बेलायती जनतालाई समेत धन्यवाद व्यक्त गरे ।
भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC