site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनयुद्ध दिवसकै दिन पार्टी एकताको टुंगो लाग्ने भो : प्रचण्ड
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन नेकपा एमालेसँग पार्टी एकताको टुंगो लगाएर कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका छन् । जनयुद्धको २३ औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले नेपालमा समाजवाद स्थापना गर्न कम्युनिष्ट पार्टीहरु मिल्नैपर्नेमा जोड दिए । 

जनयुद्धका दिनहरुको स्मरण गर्दै प्रचण्डले फरक बाटोमा हिँडेका मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि मूलधारमा आउन आग्रह गरे । “तपाईंहरु अझै पनि दिवास्वप्न देखेर नबस्नुस् । जनतासँग भागेर क्रान्ति सफल हुँदैन, समाजवाद आउँदैन,” उनले भने । एमाले अध्यक्ष केपी ओलीले पनि जनयुद्धलाई स्वीकार गरिसकेको भन्दै प्रचण्डले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । 

वार्षिकोत्सव कार्यक्रमपछि प्रचण्ड चितवन जाने र फर्केर आजै ३ बजे ओलीसँग वार्ता गर्ने कार्यक्रम छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC