Skip Advt.

साहित्य र कला

माइतीघरमा स्वेताको ५१ दिन मनाउने रहर

माइतीघरमा स्वेताको ५१ दिन मनाउने रहर

चितवन । चलचित्र ‘कान्छी’को प्रचारप्रसारमा देश दौडाहामा व्यस्त रहेकी नायिका स्वेता खड्काले चितवन आफ्नो माइतीघर भएको बताएकी छन् ।

नायक दयाहाङ राईको साथ चलचित्रको प्रचारका क्रममा चितवन आइपुगेकी स्वेताले घरपरिवारबाट आफूलाई बिहेको कुनै दबाब नरहेको बताउँदै बिहेबारे आफूले त्यस्तो कुनै सोच नबनाएको बताइन् ।

उनले भनिन्, “समाजमा एकल महिला भएपछि कताकता केही यस्ता चर्चाहरु चल्नु स्वभाविकै हो । तर, मैले यसलाई सामान्य रुपमा लिएकी छु ।”

उनले थपिन्, “चलचित्र कान्छी चलाउन मलाई कुनै स्क्याण्डलको खाँचो छैन । म यस्ता कुरामा विश्वास पनि राख्दिनँ । काम र मिहिनेतमा विश्वास गर्ने गर्छु ।”

चितवनमा आफ्नो चलचित्रले ५१ दिन मनाएको हेर्ने रहर लागेको बताउँदै उनी भन्छिन्, “चितवन मेरो माइतीघर हो । माइती नै यहीँ भएपछि ५१ मनाउन सकिन्छ भन्ने आशा गरेकी छु ।”


 

तपाईंको मत