Skip Advt.
ad

विदेश

विमानस्थलमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि लन्डनमा १६ हजार यात्रु अलपत्र

विमानस्थलमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि लन्डनमा १६ हजार यात्रु अलपत्र

काठमाडौं । लन्डन सिटी विमानस्थलमा थेम्स नदिको नजिकै दोस्रो विश्वयुद्धको समयमा बिस्फोटन नभएको बम फेला परेपछि आइतबार बिहानदेखि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन् । रनवेकै नजिक निर्माणकार्यमा व्यस्त कर्मचारीहरुले बम भेट्टाएपछि सम्पूर्ण उडान रोकिँदा १६ हजार यात्रुहरु अलपत्र परेको बताइएको छ । 

यस घटनापछि मानव सुरक्षालाई ध्यानमा राख्दै सो क्षेत्र वरिपरिका वासस्थान र सडक खाली गर्न लगाइएको थियो ।

स्थानीय पुलिसले बताएअनुसार यस समस्याको समाधानका लागि अहिले उनीहरु राष्ट्रिय जलसेनासँग मिलेर विस्फोटक पदार्थलाई जति सक्दो चाँडो हटाउन प्रयास गरेका छन् ।

यसैको कारणले ५० वटा रुट प्रयोग गर्ने गरेको व्यस्त विमानस्थल बन्द गराइएको बारे आइतबार यात्रुहरुलाई जानकारी दिइएको थियो । 

तर सोमबारसम्म पनि विमानस्थलमा कुनै विमान ओहोरदोहोर नगर्दा प्रशासनले सबै यात्रुहरुसमक्ष माफी मागि आफ्नो उडानबारे जानकारी लिन सम्बन्धित कार्यालयसँग सम्पर्क राख्न आग्रह गरेको बताएको छ । 
 

तपाईंको मत