site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली (रासस/सिन्ह्वा) ।  भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् । 
बन्दुकधारीहरुले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती घाइते महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ ।

पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी बालिकाको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन । गर्भवती ती महिलालाई पछाडपट्टी तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनीलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल पुर्याइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूहरुकाबीचमा झडप हुँदा  ती भर्ववती महिलालाई गोली लागेको थियो ।  ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधिहरु दिइएको थियो ।

बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अरुपताल स्रोतले जानकारी दिएको छ ।  सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ । 

Global Ime bank

एके ५६ राईफलसहित विभिन्न विस्फोटक पदार्थ तथा हातहतियारहरु सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC