site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘पद्मावत’ सुपरहिट भएपछि रणवीरले बढाए पारिश्रमिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बहुप्रतिपक्षीत र विवादित फिल्म ‘पद्मावत’ बलिउड बक्स अफिसमा सुपरहिट भएपछि अभिनेता रणवीर सिँहले पारिश्रमिक बढाउने घोषणा गरेका छन् । 

उनले फिल्म ‘पद्मावत’ मा निभाएको सुल्तान अलाउद्दीन खिलजीको भूमिकालाई दर्शकहरुले अत्यन्तै मन पराएका छन् । 

यद्यपी रणवीर सिँहले आगामी फिल्महरुमा कति पारिश्रमिक लिने भनेर खुलासा भने गरेका छैनन् । तर उनले आफ्ना प्रतिद्वन्द्वी कलाकार सहर नै पारिश्रमिक लिने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । 
फिल्म ‘पद्मावत’ की अभिनेत्री दीपिका पादुकोणले भने फिल्म सुपरहित भए पनि आफ्नो पारिश्रमिकमा कुनै परिवर्तन गरेकी छैनन् । उनी एक फिल्ममा अभिनय गरे वापत झण्डै १३ करोड रुपैयाँ लिँदै आएकी छिन् । आगामी दिनमा पनि उनी यही पारिश्रमिकमा फिल्म खेल्ने बताइएको छ । 
गत वर्ष ‘जुडवा २’ नामक फिल्म सुपरहिट भएपछि अभिनेता वरुण धवनले पनि आफ्नो पारिश्रमिक बढाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC