site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारको निर्णायक गोलमा पिएसजी विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । फ्रेन्च लिग फुटबलमा शीर्ष स्थानको पेरीस सेन्ट जर्मेन (पिएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले टोउलुसेलाई १ – ० ले हराएको हो ।

टोउलुसेको घरेलु मैदानमा भएको खेलमा पिएसजीको लागि नेयमारले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेयमारले गोल गर्दै पिएसजीलाई जित दिलाए । नेयमारले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए ।  बल पोजिसनमा पकड जमाएको पिएसजीले अन्य गोलको अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

यो जितसँगै पिएसजीले लिगमा १२ अंकको अग्रता बनाएको छ । पिएसजीले २५ खेलबाट ६५ अंक जोडेको छ । दोस्रो स्थानको मोनाकोको ५३ अंक छ । मोनाकोले शनिबार राति एन्जर्सलाई  ४ – ० ले हराएको थियो ।  यस्तै लिगको तेस्रो स्थानको मार्सेलीको ५२ र चौथो स्थानको लियोनको ४८ अंक रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC