site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दमास्कस, सिरिया (रासस/सिन्ह्वा) ।  सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएको बताएको छ । 

मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी  केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समाचारअनुसार सिरियाली वायुसेनाले इजरायली विमानमाथि आक्रमण गरेपछि विमान आकाशमा नै जलेको तर युद्दक विमानका दुई चालक भने प्यारासुटको सहारामा जमिनमा अवतरण गरेका बताइएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार इजरायली एफ–१६ युद्धकविमानलाई उक्त देशको उत्तरी भागमा सिरियाली वायुसेनाले गोली हानी खसालिदिएको बताएका छन् । 

Global Ime bank

 इजरायलद्वारा सिरियाली वायुसेनाको होम्सस्थित टी–४ शिविरमाथि आक्रमण गरेपछि प्रतिरक्षाका लागि सिरियाली सेनाले पनि आक्रमणलाई शसक्त बनाएको थियो ।

तर इजरायलले भने सिरियाबाट आक्रमण गरिएको मानवरहित युद्धक विमानलाई आकासमा नष्ट गरिएको र सिरियामा रहेका युद्धक विमानसम्बन्धि सामग्रीलाई लक्षित गरी त्यसपछिमात्र आफूले आक्रमण थालेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC