site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामाजिक सञ्जालले कसरी तपाईँको ‘मूड’ लाई धोका दिन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्जाललाई मानिसहरुले अपरिचित व्यक्तिहरुसँग जोडिने माध्यमका रुपमा लिन्छन् । सामाजिक सञ्जालमा कसैले आफ्नो कुरा दुनियाँका सामु राख्छन्, कसैले आफ्नो खुसी अथवा दुःखमा अरुलाई समावेश गराउँछन् । कसैको जिन्दगीका सुन्दर क्षणहरु तस्बिरका रुपमा इन्स्टाग्राममा देखिन्छन् भने कोही आफ्नो भिडियो अथवा विचार फेसबुकमा शेयर गर्दछन् । 

तर तपाईँको सामाजिक सञ्जालको खाताबाट तपाईको दिमागी अवस्थाको झलक पनि देखिन्छ । यसको प्रयोग गरेर हामी धेरै जिन्दगीहरु बचाउन सक्दछौं । विशेष गरी मानिसहरुको पागलपनको पहिचान गरेर उसको भित्र रहेको आत्महत्याको प्रवृत्तिलाई रोक्न सक्छौं । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक सञ्जालको खाताबाट तपाई, तपाईँको साथीभाईहरुको मानसिक स्थिति पत्ता लगाउन सकिन्छ । सामाजिक सञ्जालबाट मनमा आत्महत्याको बिचार पालेर बसेका व्यक्तिहरुका बारेमा सहजै जानकारी लिन सकिन्छ । 

अब सामाजिक सञ्जालले आत्महत्याका क्षेत्रमा अनुसन्धानका लागि नयाँ आशाको किरण छाएको छ । डेटा माइनिंग अर्थात सामाजिक सञ्जालबाट तथ्य संकलन गरेर आत्महत्याको विचार पालेर बस्ने व्यक्तिको पहिचान गरेर उनीहरुको उद्दार गर्न सकिने बीबीसीले जनाएको छ ।

Global Ime bank

मनोवैज्ञानिकहरुका अनुसार डिप्रेशनको शिकार भएका व्यक्तिहरुको कुराकानीबाटै उक्त व्यक्ति बिरामी रहेको संकेत पाईन्छ । यस्तो समस्याबाट ग्रसित व्यक्तिको बोली एक प्रकारले अडिग हुँदैन र र उक्त व्यक्ति प्रायःजसो आफुलाई अथवा आफ्नो मनमा आएको व्यक्तिलाई प्राथमिकतामा राखेर कुरा गर्ने गर्दछ । 

यदि कुनै व्यक्तिले सामाजिक सञ्जालमा नाई, कहिल्यै पनि नाई, जेल, कैद, हत्या जस्ता शब्दहरुको बढी प्रयोग गर्ने व्यक्तिमा डिप्रेशन हुन सक्दछ । अमेरीकाको हार्वर्ड, स्टैनफोर्ड र वरमोन्ट यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले झण्डै २ लाख ८० हजÞार ट्वीटको अध्ययन गरेर मानिसहरुको ‘मूड’, उनको भाषा र कुराको सन्दर्भलाई सम्झिने प्रयास गरेको थियो । 

जसबाट अनुसन्धानकर्ताहरुले भयंकर डिप्रेशनको शिकार भएका व्यक्तिहरुको पहिचान गरेको थियो । सामाजिक सञ्जालका आधारमा गरिएको आंकलन यति सटीक थियो की अनुसन्धानकर्ताहरुले ९० प्रतिशत मामिलमा मानिसहरु दिमागी समस्याबाट ग्रसित रहेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC