site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ताइवान । ताइवानमा गत बुधबार विहान गएको शक्तिशाली भूकम्पको उद्धारकार्य जारी रहेको बताइएको छ । भूकम्प गएको ६० घण्टापछि पनि एक भवनको भग्नावशेषमा फसेर रहेका सात व्यक्तिको उद्धारको लागि ठूलो संख्याका उद्धारकर्ताहरुले काम गरिरहेका जानकारी दिएका छन् । 

तालिवानको हुवालिन सहर प्रभावित हुनेगरी सो भूकम्प गएको थियो । सो भवनको भग्नावशेषमा फेसेका सात व्यक्तिमा पाँच ताइवानी र एक क्यानाडाली छन् । अर्का एकको परिचय खुलेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यस भूकम्पमा परी दश जनाको ज्यान गएको छ भने अरु २७६ नराम्ररी घाइते भएका बताइएको छ । बुधबार बिहान गएको सो भूकम्प ६।५ रिक्टर स्केलको थियो । 

त्यस भूकम्पले ठूलो भौतिक क्षति पुर्याएको अनुमान गरिएको छ । अझ पनि विस्तृत विवरण भने प्राप्त हुन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । 

Global Ime bank

अझ पनि भूकम्प प्रभवित क्षेत्रमा उद्वारको कार्य जारी रहेकोले क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको बताइएको छ । 

उद्वारका लागि ठूलो संख्याका प्रहरीले प्रयास जारी राखेका बताइएको छ । अधिकारीले भूकम्पपछिको उद्वार तथा राहातका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएइको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC