site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘ठमेल हत्याकाण्ड’का अभियुक्त मुखियालाई नेपाल ल्याइयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । २०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित ‘जुली स्टुडियो ५४ डिस्को’मा बानेश्वरका सुवर्ण गुरुङको हत्या गरी फरार रहेका मुखिया गुरुङलाई १६ वर्षपछि भारतमा पक्राउ गरी नेपाल ल्याइएको छ । मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पालगायतको समूहले सुवर्णको हत्या भएको थियो । 
हत्यापछि अन्य पक्राउ परेपनि मुखिया भने फरार थिए । प्रहरीको आँखा छली मकाउ पुगेका मुखियालाई करिब २ महिनाअघि नेपाल आएर भारत हुँदै मकाउ जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको थियो । 
मुखियालाई नेपाल प्रहरीको इन्टरपोलले खोजी सूचीमा राखेको थियो, त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेर नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । 
लामो समयसम्म प्रहरीको आँखा छली बसेका मुखियालाई २०१७ नोभेम्बरमा प्रहरीले इन्टरपोलमार्फत् रेडकर्नर नोटीसमा राखेको र उनी भारतको जयपुर विमानस्थल हुँदै बैकक जान लागेका बेला पक्राउ गरेको इन्टरपोल नेपालकी प्रमुख एसपी किरण बज्राचार्यले बताइन् । प्रहरीका अनुसार भारत र नेपालबीच औपचारिक सुपुर्दगी गरेर अभियुक्त नेपाल ल्याएको यो पहिलो घटना हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC