site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फागुन ६ गते नयाँ सरकार : प्रचण्ड
Sarbottam CementSarbottam Cement

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ६ गते नै नयाँ सरकार बन्ने बताएका छन् ।

शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ५ गतेभित्रमै निर्वाचन आयोगले प्रतिनिधिसभाको सबै परिणाम बुझाइसकेपछि फागुन ६ गते नै नयाँ सरकार बन्ने संभावना रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष प्रचण्डले पदको भागबण्डाका कारण पार्टी एकतामा ढिलाई नभएको स्पष्ट पार्दै भने, “पार्टी एकताको मोडालिटीको अन्तिम रूपबारे छलफल चलिरहेको केही समय ढिलाइ भएको हो । पदीय भागबण्डामा कुने समस्या छैन ।”

उनले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रहसमेत गरे । विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार गृह जिल्ला चितवन आएका अध्यक्ष प्रचण्डले भने, ““अरु नेताले के भन्छन् भन्ने कुरा छाड्नुस् ।”

Global Ime bank

पार्टी एकता प्रक्रिया गठबन्धन गरेजस्तो सहज नभएको भन्दै अध्यक्ष प्रचण्डले भने, “पार्टी एकता सकारात्मक दिशामा अघि बढेको छ र मोडालिटीलाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।”

केपी शर्मा ओली र प्रचण्डको पद बाँडफाँडको टुंगो नलागेका कारण पार्टी एकतामा ढिलाइ भएको हो कि भन्ने बाह्रखरीको जिज्ञासामा प्रचण्डले भने, “केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदमा कुनै समस्या छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC