site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले ३ नम्बर संसदीय दलको नेताका लागि मतदान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडाैं । प्रदेश नम्बर ३ मा नेकपा एमाले संसदीय दलको नेताका लागि मतदान सकिएको छ । सहमतिको प्रयास असफल भएपछि निर्वाचन भएको हो । निर्वाचन अधिकृत सुरेन्द्र थापाका अनुसार दलको नेताका लागि दुई जना नेता प्रतिस्पर्धामा छन् । अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, डोरमणि पौडेल, रामेश्वर फुयाँल र गणेश दुलालले दलको नेताका लागि फर्म लिएको भए पनि दुई जनाले मात्रै बुझाएका हुन् । 
दलको नेताका लागि पौडेल र शाक्यले उमेदवारी दर्ता गराएका छन् । पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता हुन् भने शाक्य माधवकुमार नेपाल पक्षकी नेतृ हुन् ।
पौडेललाई मुख्यमन्त्रीकै दाबी गर्दै आएका केशव स्थापितले प्रस्ताव गरेका छन् भने समर्थक कैलाश ढुंगेल रहेका छन् । त्यसैगरी शाक्यलाई पशुपति चौलागाईले प्रस्ताव गरेका छन् भने समर्थन राजेन्द्रमान श्रेष्ठको रहेको छ ।
च्यासल ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मतदान सकिएको छ । एक बजेसम्म मतदानका लागि समय तोकिएको भएपनि साढे १२ मै सकिएकाे हो ।  प्रदेश नम्बर ३ मा एमालेका ५८ जना सांसद छन् । सबै सांसद मतदानमा सहभागी भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC