site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
वैदेशिक रोजगारीमा ४.३८ प्रतिशतमात्र महिला, यस्तो छ कारण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आर्थिक वर्ष २०५०–०५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको तथ्यांक राख्न थाल्यो । आव ०५०–०५१ देखि ०६२–०६३ सम्म नेपालबाट ७ लाख ५८ हजार ६ सय ७५ जना वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो अवधिमा वैदेशिक रोजगारमा जाने व्यक्तिमध्ये लैङ्गिक स्थितिको जानकारी भने विभागको तथ्यांकमा भेटिएन, तर एक दशकको अवधिमा रोजगारीका लागि विदेश गएका नेपालीमध्ये महिलाको संख्या पुरुषको तुलनामा निकै कम छ । 

आर्थिक वर्ष ०६३–०६४ देखि ०७३–०७४ सम्म ४० लाख ३ हजार ४ सय ८० जना रोजगारीका लागि विदेश गएकोमा ३८ लाख २८ हजार १ सय ७९ पुरुष छन् भने महिलाको संख्या १ लाख ७५ हजार ३०१ छ । पुरुषको तुलनामा वैदेशिक रोजगारमा जाने महिलाको संख्या २२ गुणाले कम देखिन्छ । 

वैदेशिक रोजगारमा महिला कम जानुका कारण
पछिल्लो समय महिला पनि वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ तर, उनीहरुको लागि वैदेशिक रोजगार त्यति सुरक्षित र भरपर्दो मानिँदैन । यसमा वैदेशिक रोजगार विभाग पनि सहमत छ । विभागका निर्देशक एवं प्रवक्ता मोहन अधिकारी भन्छन्, “नेपालबाट वैदेशिक रोजगारमा जाने अधिकांश नेपाली अर्धदक्ष वा अदक्ष वर्गका हुन्छन् । त्यसमा पनि महिलाहलाई बढीजसो घरेलु काममा लाने गरिएको पाइन्छ । अन्य क्षेत्रमा काम गर्न जाने महिलाको संख्या ज्यादै थोरै छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

कुवेत, युएई, कतार, साउदी अरेबियामात्रै नभई अफगानीस्तान, इरान, इराकलगायत देशमा पनि महिलाहरु रोजगारीका लागि गएको तथ्याङ्क छ । त्यसमध्ये अधिकांश महिला घरेलु कामदारका रुपमा रहेका छन् । त्यसरी घरेलु कामदारका रुपमा रहेका महिलाहरुलाई यौन कार्यमा समेत लगाइने गरेका गुनासा तथा उजुरीहरु बेलाबेलामा आइरहने गरेका छन् । फलस्वरुप पुरुषहरुको तुलनामा वेदेशिक रोजगारमा जाने महिलाहरुको संख्या धेरै कम देखिन्छ । 

त्यसबाहेक महिलालाई घरबाहिर जान पुरुषलाई जति सहज पनि देखिँदैन । खासगरी तराईका महिलाहरु वैदेशिक रोजगारमा नगन्य मात्रामा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विभागका प्रवक्ता अधिकारी भन्छन्, “तराईका महिला सामाजिक हिसाबले पहाडका महिलाभन्दा पनि कम स्वतन्त्र छन्, जसका कारण वैदेशिक रोजगारमा पनि उनीहरुको उपस्थिती नगन्य देखिन्छ । विदेश जाने अधिकांश महिला पहाडी मूलकै छन्, तराईका अत्यन्तै थोरै संख्यामा छन् । त्यसमा पनि सप्तरीदेखि पर्सासम्मका महिला वैदेशिक रोजगारमा छैनन् भन्दा पनि फरक पर्दैन ।” 

Global Ime bank

वैदेशिक रोजगारमा गएर अलपत्र परेका, यौन कार्यमा बाध्य पारिएका, बेचिएका, तलब नदिई महिनौंसम्म काममा राखिएका, जानुअगाडि भनेअनुसारको काम, तलब तथा अन्य सुविधा नभएका आदि खबर बेलाबेलामा आइरहेको यथार्थलाई विभाग पनि स्वीकार्छ । यस्ता कारणले यहाँका महिलाहरुमा वैदेशिक रोजगारप्रतिको विश्वासलाई अझै घटाइदिएको बताउँछन् प्रवक्ता अधिकारी ।

वैदेशिक रोजगारीमा जाने महिलाहरुको समस्याका कारणहरुलाई केलाउँदै आगामी दिनमा त्यसखालका समस्या आउन नदिन पहल गरिरहेको विभाग बताउँछ । घरेलु काममा गएका  महिलाको गुनासो बढी पाइएको भन्दै हाल खाडी देशमा महिलालाई घरेलु काममा जान प्रतिबन्ध लगाइएको प्रवक्ता अधिकारीले बताए । 

विभागको राहत उद्धार तथा अनुसन्धान शाखाकी निर्देशक रमा भट्टराईका अनसार वैदेशिक रोजगारका गएर बिचल्लीमा परेका महिलालाई विभागले विभिन्न पक्षको सहयोग र समन्वयमा उद्धार तथा राहतको काम गरिरहेको छ । कुनैपनि देशमा कामको लागि जानुअघि आाफूलाई कुन देशको कुन कम्पनीमा के कामको लागि लगिँदैछ भन्ने स्पष्ट भई त्यसबारे विभागमा आई सही–गलत चेकजाँच गरेरमात्रै जान उनको आग्रह छ । त्यस्तै विदेशमा रहँदा अलपत्र परेमा वा समस्यामा परेमा कुनैपनि माध्यमबाट त्यहाँस्थित दूतावासमा सम्पर्क गर्न सबैभन्दा उत्तम हुने उनले बताइन् । 

“हामीले सम्बन्धित देशका दूतावास, म्यानपावर व्यवसायी तथा कामदारका मालिकसँगको सम्पर्क तथा समन्वयमार्फत नै उनीहरुलाई सहयोग गर्ने हो । त्यसैले दूतावासको सम्पर्कमा आएकालाई सहयोग गर्न सजिलो हुन्छ,” उनले भनिन् । कसैको बहकाउमा वैदेशिक रोजगारमा नजान तथा राम्रोसँग सूचना तथा अभिमुखिकरण तालिम लिएर मात्र जान उनको आग्रह छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC