site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शिवम् न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो संस्करणको शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक शिवम् न्यु डायमण्ड एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २३ सम्म हुने जानकारी गराएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुने न्यु डायमण्ड कपमा राजधानीमा जारी रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको शिर्ष ६ स्थानमा रहने टोलीले सहभागिता जनाउने प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी हुने ६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगिताको बिजेताले ट्रफीसहित १ लाख ५१ हजार प्राप्त गर्दा उपविजेताले १ लाख १ हजार पाउने छन् । त्यस्तै तेस्रो हुनेले ५१ हजार र चौथो हुनेले २१ हजार पाउने छन् । सर्बोकृष्ट खेलाडीले ट्रफीसहित १० हजार प्राप्त गर्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर ,ब्लकर, क्विकर,सर्भर र डिफेन्डरले समान ५ – ५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने छन् ।

अनुमानित ३४ लाख १४ हजार खर्च लाग्ने प्रतियोगिताको मुख्य प्रायोजक शिवम् सिमेन्ट रहेको छ । प्रतियोगिताको लागि प्रायोजक शिवमले ५ लाख नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यस्तै दोस्रो पुरस्कारको लागि रकम न्यु डायमण्ड एकेडेमीका सुभचिन्त्तक इन्जिनियर सन्जिब महर्जनका  पिता नारायण बहादुर महर्जनले प्रायोजन गरेको जानकारी समेत गराइएको थियो ।

Global Ime bank

न्यु डायमण्ड कपको आयोजक नैकापको स्कुल न्यु डायमण्ड एकेडमी नेपाली महिला भलिबलमा युवा  खेलाडी उत्पादनको थलोको रुपमा रहँदै आएका छन् । २०६४ सालबाट महिला भलिबलमा लागेको यो एकेडेमी बिद्यालयस्तरको प्रतियोगितामा निरन्तर च्याम्पियन टोली हो । यस्तै ठूला प्रतियोगितामा समेत च्याम्पियन बनेको एकेडेमीले चर्चित नेपाली स्पाइकर रमिला तण्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, सेटर कृपा अधिकारी र डिफेन्स सलिना श्रेष्ठ जस्ता खेलाडी उत्पादन गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC