site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६५ वर्षमै वृद्धभत्ता, भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस)। सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष (महिला पुरूष दुवै) सम्मलाई दिने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी मन्त्रिपरिषद्ले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले महिला स्वास्थ्य स्वंयमसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ । 

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ । सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ ।

Global Ime bank

रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टको लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले बताए ।

मन्त्रिपरिषद्को बैठकले महासेनानी विनय विक्रम राणासमेत गरी चार जना महासेनानीलाई पद उन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीव शम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC