site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलालाबाद । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार बिहानबाट मङ्गलबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ । 

यसै महिनाको सुरुबाट नान्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ । 

Global Ime bank

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा पनि केही आतङ्ककारी मारिएको अनुमान गरिएको छ । 

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडा लक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीमा परी ठूलो सङ्ख्यामा हताहत भएको अनुमान गरिएको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले जानकारी दिए ।  

तर ती के कति सङ्ख्यमा हताहत भएका छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC