site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन सांसद खोज्दै प्रहरी, फेला पार्नै सकेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित तीन सांसद प्रहरीको खोजी सूचीमा रहेका छन् ।

तीनैजना प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । 

ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका निर्वाचित सांसद तथा पूर्व डीआईजी नवराज सिलवाललाई कार्यसम्पादन मूल्यांकन कीर्ते सम्बन्धमा सोधपुछका लागि प्रहरीले खोजी जारी राखेको छ । तर पनि फेला पार्न सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुर प्रहरीलाई उनको खोजी गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन पत्राचार गरिएको थियो । ललितपुर प्रहरीले फेला नपारेको भन्ने पत्र फिर्ता गरेपछि प्रहरीले ७७ वटै जिल्लामा नवराज सिलवालको खोजी गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन कीर्ते गरिएको ठहर सर्वोच्च अदालतले नै गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सर्वोच्चको आदेश बमोजिम नै अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

प्रहरीले सिलवाललाई खोज्न आइतबार करिब १५० प्रहरी भट्टेडाँडामा पठाएको थियो । तर पनि फेला पार्न सकेन ।

अर्का निर्वाचित सांसद रेशम चौधरी पनि प्रहरीको खोजी सूचीमा रहेका छन् । कैलाली १ बाट निर्वाचित राजपाका सांसद चौधरीले प्रमाणपत्र समेत पाएका छैनन् ।
उनलाई टीकापुर घटनाका मुख्य दोषी मानिएको छ । उनी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

कैलालीमा प्रहरी र डेढवर्षे बालकको समेत ज्यान जानेगरी भएको टीकापुर कान्डका उनी मुख्य योजनाकार रहेको भन्दै प्रहरीले खोजी जारी राखेको छ । त्यसैगरी मनाङबाट प्रदेश सभातर्फ स्वतन्त्र विजयी भएका दीपक मनाङेलाई पनि प्रहरीले खोजी तीव्र पारेको छ ।

ज्यान मार्ने उद्योगमा अदालतले दोषी ठहर गरेका मनाङे प्रदेश ४ को अस्थायी मुकाम पोखरामा आइतबार भएको शपथ ग्रहण समारोहमा पनि सहभागी भएनन् । 
मनाङमा नेकपा एमालेकी आधिकारिक उमेदवारले उमेदवारी फिर्ता लिएर मनाङेलाई विजयी बनाइएको थियो ।

ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको भए पनि उनलाई पुर्पक्षका लागि थुनामा राखेको अवधि कटाएर अझै ३ वर्ष कैद भुक्तान बाँकी छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानले पनि तीनजनालाई खोजी जारी राखेको जानकारी दिए । उनले कोही अनुसन्धानको लागि र कोही अदालतको आदेश बमोजिम खोजीको क्रममा रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC