site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वायर्न म्युनिखलाई सफलता
Ghorahi CementGhorahi Cement

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको बिजेता वायर्न म्युनिखले आफ्नो विजय यात्रालाई जारी राखेको छ । आइतबार राति भएको खेलमा रेलिगेसन जोनको वेर्डर ब्रेमेनलाई ४ – २ ले हराउदै वायर्नले जितको यात्रालाई निरन्तरता दिएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिग लिडर वायर्नलाई जित दिलाउन थोमस मुलर र रोबर्टो लेवान्डोस्कीले समान दुई दुई गोल गरे । ब्रेमेनको जेरोमी गोनड्रोफले एक गोल फर्काउदा वायर्नका निकलास सुलेले एक आत्मघाती गोलको उपहार दिएका थिए ।

Agni Group

एलिनाज स्टेडियममा सुरुवाती अग्रता भने ब्रेमेनले लिएको थियो । खेलको २५ औं मिनेटमा जेरोमीले गोल गर्दै पाहुना टोली ब्रेमेनलाई अग्रता दिलाए । तर, खेलको ४१ औं मिनेटमा वायर्नका मुलरले गोल गरेपछि पहिलो हाफको खेल १ – १ को बराबरीमा सकियो ।

दोस्रो हाफको ६३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई २ – १ को अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा वायर्नका सुलेले आत्मघाती गोल गरेपछि खेल २ – २ को बराबरीमा पुग्यो ।

Global Ime bank

खेलको ७७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पुन वायर्नलाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ८४ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ४ – २ को सहज जित दिलाए ।

यो जितसँगै वायर्नले १९ खेलबाट ४७ अंक बनाएको छ । वायर्न दोस्रो स्थानको लिभरकुसेनभन्दा १६ अंकले अघि छ । लिभरकुसेनको ३१ अंक छ । पराजित ब्रेमेन १६ अंकसहित १६ औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC