site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोनाल्डो, बेल र नाचोको दुई दुई गोल, रियल मड्रिडको फराकिलो जित
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले रेलिगेसन जोनको डिपोर्टिभो ला कोरुनालाई ७ – १ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र नाचो फर्नान्डेजले समान दुई दुई गोल गरे । यस्तै लुका मोड्रिकले एक गोल थपेका थिए । कोरुनाका एड्रिन लोपेजले एक गोल फर्काए ।

Agni Group

सान्टियागो बेर्नाबेउमा भएको खेलमा सुरुवाती अग्रता भने डिपोर्टिभो ला कोरुनाले लिएको थियो । खेलको २३ औं मिनेटमा लोपेजले गोल गर्दै डिपोर्टिभो ला कोरुनालाई अग्रता दिलाए । तर, ३२ औं मिनेटमा नाचोले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काए । खेलको ४२ औं मिनेटमा बेलले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २ – १ ले अघि रह्यो ।

दोस्रो हाफमा रियल मड्रिडले गोलको बर्षा गर्यो । खेलको ५८ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई ३ – १ को अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा मोड्रिकले गोल गर्दा रियल मड्रिड ४ – १ ले अघि रह्यो ।

Global Ime bank

खेलको ७८ औं मिनेटमा रोनाल्डोले रियल मड्रिडको लागि पाँचौ गोल गरे । खेलको ८४ औं मिनेटमा रोनाल्डोले  व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ६ – १ ले अघि रह्यो । त्यसपछि खेलको ८८ औं मिनेटमा नाचोले टिमको लागि सातौं र व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई ७ – १ को जित दिलाए ।

यो जितसँगै चौथो स्थानको रियल मड्रिडले १९ खेलबाट ३५ अंक जोडेको छ । पराजित कोरुना २० अंकसहित १८ औं स्थानमा छ । लिगमा शिर्ष स्थानको बार्सिलोनाको २० खेलबाट ५४ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४३ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC