खेल
एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोलीले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा लिग लिडर नापोलीले एटलान्टालाई १ – ० ले हराएको हो ।
एटलान्टाको घरेलु मैदानमा नापोलीलाई जित दिलाउन ड्रीएस मेर्टेन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
यो जितसँगै शिर्ष स्थानको नापोलीले २१ खेलबाट ५४ अंक जोडेको छ । दोस्रो स्थानको युभेन्टसको ५० अंक छ । पराजित एटलान्टा ३० अंकसहित आठौं स्थानमा छ ।
इटालियन सिरी ए अन्तर्गत नै आइतबार राति एसी मिलानले काग्लियारीलाई २ – १ ले हराएको छ । इन्टर मिलान र रोमाले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४ ०७:४२
प्रतिक्रिया दिनुहोस्