site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले र माओवादीबीचको एकता नजिक पुगेको दाबी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादी र एमालेबिचको एकता नजिक पुगेको बताएका छन् । महासेठले एकताका लागि कुनै विवाद नभएको भन्दै सरकार बनाउनुअघि नै एकता गरिने दाबी गरे । 

एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने ? भन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको खुलासा गरे । योग्यताअनुसार कार्यविभाजन गरेर पार्टी एकता गरिने महासेठको भनाई थियो । उनले जनताको बहुदलीय जनवादलाई नै मुख्य आधार मानेर पार्टी एकता हुने भएकोले त्यसलाई छाडेर एकता हुनै नसक्ने स्पष्ट पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वमन्त्री समेत रहेका नेता महासेठले कांग्रेसले जनमत गुमाइसकेपछि पनि सत्ता छाड्न नसकेको आरोप लगाए । संविधानमा भएका त्रुटीलाई प्रयोग गरेर सरकार र निर्वाचन आयोगले गलत काम गरेको उनको आरोप थियो । 

“संविधानमा भएको त्रुटीलाई सरकार र आयोगले प्रयोग गरे । आयोगले गर्न हुने नहुने सबै काम गर्यो । राष्ट्रियसभाको चुनाव सकिएपछि कुनैपनि बाहाना बाँकी रहँदैन,” महासेठले भने ।

Global Ime bank

उनले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताए । “विवादित र पार्टीको मान्छेलाई प्रदेश प्रमुख बनाइएको छ । हामी मान्दैनौँ । देशका लागि अहित हुने र कानुन विपरितका सबै निर्णय खारेज हुन्छ,” उनले भने । 

“यो सरकार देशलाई कसरी लुट्न सकिन्छ भन्नेमा केन्द्रित छ । चुनावमा जनादेश गुमाएको छ । तर राजश्वको दुरुपयोग गर्ने, दीर्घकालिन असर पार्ने निर्णय गर्ने र सरकार लम्ब्याउने खेलमा लागेको छ ।”

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मधेशका मुद्दालाई हतियार बनाएर राजनीति गरेको आरोप महासेठले लगाएका छन् । मधेशको मुद्दा एमालेले मात्रै समाधान गर्न सक्ने जिकिरसमेत उनले गरे । साथै अबको दिनमा मधेशवादी दलले एमालेसँग सहकार्य गर्नुपर्ने उनको भनाई थियो । 

“अब कांग्रेससँग मिलेर मधेशवादी दललाई फाइदा छैन । सरकारमा पनि सहकार्य गर्न हामी तयार छौँ ।” महासेठले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC