site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१० वर्षपछि सोनम कपूर र रणबीर कपूर आए एकसाथ, मनीषा कोइरालाले आमाको भूमिका निभाउने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सोनम कपूर र रणबीर कपूर १० वर्षपछि ‘दत्त’ फिल्मका माध्यमबाट एक साथ ठूलो पर्दामा कमब्याक गर्दैछन् । राजकुमार हिरानीको ‘दत्त’ मा सोनम कपूरको अत्यन्तै अहम् भूमिका रहने भएको छ । 

२००७ मा रणबीर र सोनमले सञ्जय लीला भन्सालीको फिल्म ‘सांवरिया’ बाट बालिउडमा आ–आफ्नो करियरको सुरुवात गरेका थिए । फिल्मको छायांकनका क्रममा दुवै जनाबीच सम्बन्ध नजिकिएको खबरले बलिउड तातेको थियो । 

Agni Group

‘सांवरिया’ पछि उनीहरुलाई कहिल्यै पनि एक साथ फिल्ममा काम गरेको दर्शकले देख्न पाएका छैनन् । यसका साथै करण जौहरको च्याट शो ‘कफी विथ करण’ मा सोनमले रणबीरको चरित्रका बारेमा कयौं प्रश्न उठाएकी थिइन् । 

फिल्ममा सञ्जय दत्तको भूमिकामा रणबीर कपूर देखिने भएका छन् । साथै फिल्ममा मनीषा कोइराला सञ्जय दत्तकी आमा नर्गिस दत्तको भस्मिका निभाउने भएकी छन् । 

Global Ime bank

त्यस्तै दीया मिर्जा सञ्जयकी पत्नीको र परेश रावल स्वर्गीय अभिनेता सुनील दत्तको भूमिका निभाइरहेको देखिने छन् । फिल्ममा सोनम कपूर, करिश्मा तन्ना, अनुष्का शर्मा र विक्की कौशलपनि देखिने भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC