site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘पद्मावत’ प्रदर्शन गरे अदालतमा आगो लगाउने चेतावनी
Ghorahi CementGhorahi Cement

काठमाडौं । सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ को विषयमा सुरु भएको विरोध उग्र हुँदै गएको छ । फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा विरोध पनि बढ्दै गएको छ । 

फिल्म ‘पद्मावत’ रिलीज हुनुभन्दा अघि क्षत्रीय समाजमा आक्रोश थपिएको छ । अखिल भारतीय क्षत्रीय महासभा युवाका प्रदेश अध्यक्ष भुवनेश्वर सिँहले फिल्म रिलीज भए सुप्रीम कोर्टमा आगो लगाउने र संसददेखि सडकसम्म उत्पात मचाउने चेतावनी दिएका छन् । 

Agni Group

अखिल भारतीय क्षेत्रीय महासभाले बरेलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष सिँहले कुनै पनि अवस्थामा फिल्म प्रदर्शन हुन नदिने अडान दोहो¥याए । उनले फिल्मको रिलीज रोक्न अखिल भारतीय क्षत्रीय महासभाले दिल्लीमा गृहमन्त्री राजनाथ सिँहको घर घेराउ गर्नेसमेत घोषणा गरे । 

अध्यक्ष सिँहले सवै क्षत्रीय सांसद र विधायकहरुसँग फिल्मको विरोधमा राजीनामा दिन र केन्द्र सरकारमाथि फिल्मको प्रसारणका विषयमा अध्यादेश ल्याउनका लागि दवाव सिर्जना गर्न माग गरिने पनि स्पष्ट पारे । अन्यथा आगामी चुनावमा क्षत्रीय महासभाले यस्ता नेताहरुको विरोध गर्ने र उनको विपक्षमा अर्को उमेदवारलाई खडा गर्ने उनको भनाई छ । 

Global Ime bank

यसअघि पनि प्रदर्शन गर्दै आएको अखिल भारतीय क्षत्रीय महासभाले फिल्मकी अभिनेत्री दीपिका पादुकोणलाई अग्निकुण्डमा फ्याक्ने व्यक्तिलाई एक करोड रुपैयाँ पुरष्कार दिने घोषणा गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC