site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘प्याड म्यान’ को रिलीज मिति  परिवर्तन, पद्मावतसँग नजुध्ने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अक्षय कुमार, सोनम कपूर र राधिका आप्टे स्टारर् फिल्म ‘प्याड म्यान’ अब सञ्जय लीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ सँग नजुध्ने भएको छ । अक्षय कुमार स्वयम्ले भन्सालीका साथ पत्रकार सम्मेलन गरेर आफ्नो फिल्मको रिलीज मिति सारिएको घोषणा गरेका छन् । 

‘प्याड म्यान’ को रिलीज डेट परिवर्तन गरिए पछि बलिउडमा अनेका टिप्पणीहरु भइरहेका छन् । एक थरीले यसलाई अक्षय कुमारको मन ठूलो रहेको भन्दै सह्राना गरेका छन् । भने एक थरीइले ‘प्याड म्यान’ टीमले रिलीज डेट सारेर आफुलाई डुब्नबाट जोगाएको टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Agni Group

फिल्म ट्रेडका जानकारहरुले अक्षयको ‘प्याड म्यान’ र सञ्जय लीलाको ‘पद्मावत’ एक साथ रिलीज भए ‘प्याड म्यान’ ले ठूलो क्षति बेहोर्नुपर्ने समेत बताएका छन् । 

‘पद्मावत’ को सुटिङ सुरु भएसँगै यसको व्यापक विरोध भएको थियो । जुन अहिलेसम्म पनि जारी छ । राजस्थानमा फिल्म सुटिङमा निर्देशक सञ्जय लीला भन्सालीमाथि हातपात समेत भएको थियो । त्यस पछिका विभिन्न विवादका कारण यो फिल्मको चर्चा व्यापक छ । 

Global Ime bank

तर अक्षय कुमारको ‘प्याड म्यान’ लाई सामाजिक सन्देश बोकेको फिल्मका रुपमा प्रस्तुत गरिएको छ । यसमा उठान गरिएको महिनाबारी समस्याको कथाले दर्शकहरुको मन आकर्षित गर्ने अनुमान गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC