site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन् । 

पूर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै दुवै पार्टीको वैचारिक पक्षका सकारात्मक कुरालाई समेटेर नयाँ पार्टी बनाइने बताए । पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रियसभाको चुनाव सम्पन्न हुँदासम्म पार्टी एकता हुने दाबी गर्दै उनले फागुनको दोस्रो हप्ता एकीकृत पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरे । 

पार्टी एकता संयोजन समितिले सम्मानजनक तरिकाले कार्यविभाजन गरेर एकता प्रक्रिया टुङ्ग्याउने बस्नेतको भनाई छ । “दुई फरक धारका दलबिचको एकता जटिल छ ।

Global Ime bank

कम्युनिष्टका दुई फरक धारका वैचारिक पक्षलाई मिलाएर पार्टी एकता गर्छौँ,” बस्नेतले भने, “फेरि अर्को कम्युुुनिष्ट पार्टी हुने छैन भन्ने गरी सबैको कम्युनिष्ट पक्षधरको भावना समेटेर नयाँ पार्टी बनाउँछौँ । एमालेको शान्तिपूर्ण कम्युनिष्ट धार र माओवादीको सशस्त्र कम्युनिष्ट आन्दोलनका भावनालाई समेटेर एकता गर्छौँ ।”

राष्ट्रियसभा चुनावका लागि कतिपय व्यवहारिक पक्षलाई हेरेर तालमेल गरिएकाले माओवादी ३३ प्रतिशतमा खुम्चिएको बस्नेतको भनाई थियो । “जनताको अपेक्षा र आफूहरुले गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छौँ । देशको हितलाई केन्द्रमा राखेर अगाडि बढेका हौँ ।” बस्नेतले भने । 

२००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेकाले जनताले वाम गठबन्धनलाई स्थिर सरकार विकासका लागि म्यान्डेट दिएको उनको भनाई थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC