site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूचना प्रविधि मेला माघ ११ देखि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी माघ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला आयोजना हुने भएको छ । 

सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यान महासंघले आगामी ११ गतेदेखि काठमाडौंमा सूचना प्रविधि मेला आयोजना गर्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सुविसु क्यान इन्फोटेक–२०१८ नाम दिइएको मेलामा प्रवेशका लागि सर्वसाधारणलाई सय रुपैँया र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क तोकिएको महासंघका महासचिव रन्जित कुमार पोदारले जानकारी दिए ।

आईतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार मुख्य प्रर्दशनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रर्दशनी कक्षहरु रहनेछ । प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा प्रदायक, लगायत राखिनेछ । माघ १४ गतेको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ ।

Global Ime bank

यस्तो छ क्यानले जारी गरेको विज्ञप्ति 

प्रेस विज्ञप्ती
क्यान महासंघ सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले आफ्नो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आएको  छ । हाल आएर यस क्यान ईन्फोटेक लाई काठमाण्डौं उपत्यका लगायत  देशका विभिन्न स्थानमा पनि आयोजना गर्दे आएका छौ । ६ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।
यसै सन्दर्भमा वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष मिती २०७४  माघ ११  गते देखि १६  गते –तदनुसार सन् २०१८ जनवरी २५  देखि ३०) सम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्न गईरहेका छौ । 
यस २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली  रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ, । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी लिंक  गोल्ड स्पोन्सरहरु– हुवावे,  एम.आई. स्मार्ट फोन र टेक्नो मोबाईल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस स्मार्ट टि भी  रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– Hisence रहेको छ ।
अफिसियलहरुमा बैंक– सनराइज बैंक, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु,  अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस.,  टेलिभिजन- माउन्टेन टेलिभिजन, आइ.टि म्यागजिन- लिविंग विथ आई. सी. टि. , सि सि टि भी – विल्सन टेक्नोलोजी, हस्पिटालिटि- होटेल मर्स्याङ्दी, क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् । 
“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र र बाहिर शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् । 
“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १००/- र विद्यार्थीहरुलाई रु ५०/-तोकिएको छ । २०७४ माघ १४ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि रु १००/- तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।
आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुबिसु क्यान ईन्फोटेक २०१८  ईन एशोसिएशन विथ मोटोरोला” मा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । अनलाइन टिकट खरिद २०७४ माघ ८ गते देखि www.esewa.can.com.np मा लग अन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । उक्त कार्य एफ.वान.सफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यबाट गरिएको हो ।
CAN InfoTech 2018 को अवसरमा खल्तीवालेटकोतर्फबाटविशेषअफरहरु
1. ‘Refer and Earn’बाटरु५०००सम्मजित्नसकिने अफर
योअफरमासहभागीहुन, खल्तीवालेटकाप्रयोगकर्ताहरुलेआफ्नासाथीभाइहरुलाईखल्तीप्रयोगगर्नरिक्वेस्टपठाउनुपर्नेछ।यसअन्तर्गतदुबैजनालेएकपटकमारु४०सम्मप्रप्तगर्नुहुनेछ।धेरैभन्दाधेरैसाथीलाईखल्तीरिफरगरीएकखल्तीप्रयोगकर्तलेरु५०००सम्मप्राप्तगर्नसकिनेछ।
2. ‘OYO Rooms’कोहोटेलबुकिङअबखल्तीवालेटबाटैगर्नसकिनेसुविधाCAN InfoTech 2018 मा नैसुरुहुने
CAN InfoTech 2018 कोअबसरमाखल्तीवालेटलेOYO Rooms’ सँगपार्ट्नरसिपकोघोषणागर्दैछ।उक्तअवसरमानेपालमापहिलोपटकमोबाइलवालेटबाटैहोटेलबूकिङगर्नसकिनेसुबिधाकोसुरुवातहुनेछ।एकक्लिकबाटैOYO Roomsकासस्तारराम्राहोटेलरुमहरुबुकिङगर्नसकिनेछ।
3. CAN InfoTech 2018 अवधीभर२०इन्चकोHisense LED TV उपहारहरेकदिन(लक्कीड्रमार्फत)
क्यानइन्फोटेक2018 भ्रमणगर्नेएकभाग्यशालीब्यक्तीलेउपहारस्वरुपHisense LED TV प्राप्तगर्नुहुनेछ।योअफरCAN InfoTech कोछदिनसम्मनैजारीरहनेछ।
यस संस्करणको अफिसियल बैक सनराइज  बैंकले “सुबिसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला ” को टिकट काटी प्रबेश गर्ने लाई बैंकले ४००% सम्म को cash back offer समेत रहेकोले अवलोकन कर्ताहरुलाई यो अफर आकर्षक हुनेछ ।
“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” का शिर्ष प्रायोजक सुविसुले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवा र प्याकेजहरु अफर गरेको छ प्याकेजहरु क्रमश Clear TV offer, Internet offer, Internet & Clear TV super Combo offer रहेका छन् ।
प्रस्तुत गरिएको अफरहरुबाट ग्राहकहरुले Clear TV offer  अन्तर्गत निशुल्क clear TV HD Set-up Box, Internet Offer अन्तर्गत निशुल्क Modem with inbuilt WIFI र , Internet & Clear TV super Combo offer अफर अन्तर्गत निशुल्क Internet and Clear TV Super Combo Offer प्राप्त गर्न सक्नुहुनेछन् ।
अफर प्याकेजहरु रु.१९९९ देखि रु.५९९९ सम्मका रहेका छन् । साथै कम्पनीले आफ्ना र्वतमान Internet तथा Digital TV  ग्राहकहरुका लागि पनि Loyalty offer प्रस्तुत गरेको छ ।
“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यसै गरि नेपाल प्रहरी र पत्रकार ज्यूहरुलाई आफ्नो परिचयपत्र देखाई प्रबेश को व्यवस्था गरेका छौ । यसै गरि यस बर्ष छुट्टै सफ्टवेयर प्याविलोंन निर्माण गरेका छौं 
यस वर्ष को क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनि द्वारा उत्पादन गरिएका सफ्टवेयर,   स्टार्ट-अप  तथा स्वदेसी प्रबिधिलाई प्रबर्धन गर्ने उदेश्यले छुट्टै सफ्टवेयर प्याविलोंन निर्माण गरेका छौ, सफ्टवेयर प्याविलोंन को लागि जम्मा ४४ वटा स्टल बिषेश सहुलियतमा  उपलब्ध गरिएको छ ।   सफ्टवेयर प्याविलोंनमा सूचना प्रबिधि सम्बन्धि Exhibition हुने छ भने नेपाल मा सूचना प्रबिधि मा भएको Evolution को बारेमा जानकारी गराइने छ, साथै Requirement agency ( ग्रोथ सेलर) संग आ.सि.टि सेक्टरमा के कस्तो करीअर छ भनेर प्रतक्ष्य जानकारी लिन सकिन्छ,  बिद्यार्थीहरुले आफ्नो प्रोजेक्ट वोर्क हरु प्रतक्ष्य रुपमा प्रस्तुत गर्नु हुने छ भने start-up कम्पनि हरुले आफ्नो व्यापार Branding गर्ने मौका पाउनु हुने छ  । 
यसै गरि सुबिसु क्यान इन्फोटेक २०१८ मा राम लक्ष्मन इन्नोवेशन ले आफ्ना नया प्रबिधि प्रदर्सन गर्ने छन भने इन्फोटेक भरि सम्पूर्ण गतिविधि live cctv Nepal मार्फत live streaming गराऊदैछौ  ।
अन्तमा, “सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” प्रदर्शनी अवधि भरका सम्पुर्ण गतिविधिहरु यहाँहरु सबैले आ–आफनो संचार माध्यमबाट जनमानस समक्ष पुर्याई दिनहुन सबै पत्रकार महोदयहरुमा हार्दिक अनुरोध गर्दछु । यहाँहरुबाट पाईरहेको सहयोगका लागि हार्दिक धन्यवाद दिंदै भविष्यमा पनि यहाँहरुको सहयोग पाइरहने आशा हामिले लिएका छौं । 

धन्यवाद !!!


रन्जीत कुमार पोदार 
महासचिव 
मिति:२०७४ साल माघ  ०७  गते 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC