site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीश पराजुलीको प्रश्न– सडकबाटै न्याय दिने हो भने न्यायालय किन चाहियो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधानको मर्मअनुसार चल्ने अदालतको न्यायिक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको अनलाइनबाटै आफ्ना उजुरी, गुनासा दर्ता गर्नसक्ने प्रणाली शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक प्रकृयाबाट छिनोफानो हुनुपर्ने विषयलाई रत्नपार्क, मण्डला र सडकबाट निर्णय हुने हो भने संविधान बमोजिमका संस्थाहरुको अन्त्य त्यही बिन्दुबाट हुने बताए । 

पराजुलीले भने, “अदालत वा न्यायाधीश त्यस्तो संस्था वा व्यक्ति होइन, जसको कुनै  आलोचना नहोस् । मैले पटक पटक भन्दै आएको छु, अदालत र न्यायाधीशमाथि निश्चिन्त भएर लेख्नुस् । तर, त्यो लेखाइ सत्यतामा आधारित होस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचनाहरु सुन्नुपरेको भन्दै उनले आलोचनाले न्यायको नियमित प्रवाहमा असर पुर्याउने बताए । “जब न्यायाधीशको निष्पक्षता, क्षमता र अनुचित टिकाटिप्पणी गरी सर्वसाधारण जनताको नजरमा अदालतलाई गिराउने कार्य गरिन्छ, तब त्यसले न्यायपूर्ण समाज निर्माणको गतिलाई आवरोध सृजना गर्छ,” उनले भने, “न्यायपालिकालाई होच्याएर, विवादमा मुछेर जनसाधारणलाई अदालतप्रति अनास्था उत्पन्न हुने प्रयास गरियो र निष्पक्ष रुपमा न्याय दिन नसक्ने अवस्थामा पुर्याइयो भने त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्रै नभएर सिंगो राष्ट्रले भोग्नुपर्ने हुन्छ ।”

सञ्चारमाध्यममा प्रकाशित समाचार कति लाइक वा सेयर भयो भन्दा पनि कति सत्य छ भन्ने कुराको आत्ममूल्यांकन हुन सकेमात्र यसको विश्वसिनयता कायम हुनसक्ने बताउँदै नले प्रेस काउन्सिल र न्यायालयको काम उस्तै रहेको बताए । प्रधानन्यायाधीश पराजुलीले पछिल्लो समय मिडियाबाट विचाराधीन रहेका कतिपय मुद्दालाई प्रभावित गर्ने गरी समाचारहरु प्रकाशन–प्रशारण हुने गरेको देखिएको भन्दै यसले गर्दा न्यायपालिकाको गरिमामा आँच आउने अवस्था आएको बताए । हरेक मुद्दामा एक पक्षले जित्ने र अर्को पक्षले हार्ने निश्चित हुने बताउँदै उनले यस्तो अवस्थामा हार्ने पक्षको संवेदनशिलतालाई मिडियाले उचाल्न नहुनेमा जोड दिए । 

Global Ime bank

“सूचनाको हक मौलिक हक नै भएपनि सबै मौलिक हक निरपेक्ष हुँदैनन् । त्यस्ता हकको उपभोग र प्रयोगलाई निश्चित बन्देज लगाउने गरी कहीँ पनि व्यवस्था गरिएको छैन,” उनले भने ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुले अज्ञानता वा नियतवश प्रकाशन–प्रशारण गरेको गलत समाचारप्रति आपत्ति वा गुनासो छ भने सिधा अनलाइनमार्फत उजुरी गर्न सकिने बताए । 

काउन्सिलका सदस्य इश्वरी ओझाका अनुसार http://www.presscouncilnepal.org/np मा गएर 'अनलाइन कम्प्लेन'मा क्लिक गरेपछि सो एप खुल्नेछ र त्यहीबाट उजुरी गर्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC